३० जेठ २०८३, शनिबार

प्रदेशसभा चुनावमा फुपू–भदाबीच प्रतिष्पर्धा, कसले जित्ला चुनाव ?

कात्तिक २०, २०७४
प्रदेशसभा चुनावमा फुपू–भदाबीच प्रतिष्पर्धा, कसले जित्ला चुनाव ?
बर्दिवास, १९ कात्तिक - महोत्तरी जिल्लाको क्षेत्र नं १ को ‘क’ प्रदेश सभा क्षेत्रमा रोचक भिडन्त हुने भएको छ । वाम गठबन्धनबाट उम्मेदवारी दर्ता गराउनुभएकी नेकपा(एमाले) नेत्री शारदा थापा र नेपाली काँग्रेसबाट उम्मेदवारी दत्र्ता गराउनुभएका प्रल्हाद क्षेत्रीबीचको चुनावी प्रतिस्पर्धालाई आम मतदाताले रोचक हुने प्रतिक्रिया दिएका हुन् । 

नेत्री थापा र क्षेत्री साख्खै फुपू–भदा हुनुहुन्छ । बर्दिवास–१ कै बासिन्दा रहनुभएका दुवैको घरको दूरी पनि १०० मिटर मात्र छ । दुवै परिवार मात्र नभएर फुपू–भदाबीच पनि अत्यन्त न्यानो र आत्मीय सम्बन्ध रहेको दुवै जनाले स्वीकार गर्नुभयो । आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजु खड्काले आइतबार विधिवत् उम्मेदवारी फिर्ता लिनु भएपछि नेत्री थापा वाम गठन्धनको साझा उम्मेदवार बन्नुभएको हो । 

गत असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट प्रमुख पदका प्रत्याशी रहनुभएका क्षेत्रीसँग अत्यन्त न्यानो पारिवारिक सम्बन्ध रहेकैले एमालेको जिल्ला कमिटी सचिवालय सदस्य रहनुभएकी नेत्री थापाप्रति कतिले भदालाई सहयोग गरेकी टिप्पणी पनि गरेका थिए । यद्यपि नेत्री थापाले आपूm विचार र संगठनप्रति प्रतिबद्ध कार्यकर्ता भएकाले त्यस्ता बाहिरी टिप्पणी कुनै अर्थका नभएका टिप्पणी गर्नुभएको छ । 

यस प्रदेशमा राजपा÷संघीय समाजवादी फोरमको गठबन्धनबाट राजपा नेत्री रुपा यादव पनि प्रतिस्पर्धामा हुनुहुन्छ । यस क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने प्रारम्भिक अड्कल गरिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्