२९ असार २०८३, सोमबार
सहकारी ठगी प्रकरण

प्रतिकूल मौसमका कारण पाँच घण्टा ढिलोगरी रविलाई भैरहवा ल्याइयो

छुट्टाछुट्टै प्रदर्शन गर्ने तयारीमा रास्वपा र सुप्रिम सहकारी पीडित
कात्तिक २७, २०८१
बुटवल
प्रतिकूल मौसमका कारण पाँच घण्टा ढिलोगरी रविलाई भैरहवा ल्याइयो

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि रूपन्देही ल्याइएको छ ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार मध्याह्न पोखराबाट हवाइजहाजमार्फत् भैरहवा ल्याएको हो । बिहान पौने ८ बजे ल्याउने तयारी भए पनि खराब मौसमका कारण झण्डै पाँच घण्टा ढिलागरी रविलाई भैरहवा ल्याइएको हो । 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी लक्ष्मी खनालले बयानका लागि रविलाई रूपन्देही झिकाएको बताइन् । रविलाई विमानस्थलमा जिल्ला प्रहरी कार्यालय, रूपन्देहीमा लैजाने र त्यसपछि मंगलबार नै बयानको लागि जिल्ला सरकारी वकिलको पुर्‍याइने खनालको भनाइ छ ।  

लामिछानेलाई भैरहवा ल्याउने भएपछि रास्वपा लुम्बिनी र सुप्रिम सहकारी पीडितहरूले छुट्टाछुट्टै प्रदर्शनको तयारी गरिरहेका छन् । दुवैले भैरहवाकेन्द्रित भएर प्रदर्शन गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले जिल्ला अदालत र सरकारी वकिल कार्यालय क्षेत्रलाई निषेधित क्षेत्र घोषणाको तयारी गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्