०३ साउन २०८३, आइतबार

नवौं आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न

मंसिर ३, २०८१
काठमाडौं
नवौं आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न

लक्ष्मी सन्‌राइज बैंकको आयोजनामा नवौं आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न भएको हो । काठमाडौंको गोकर्ण रिसोर्टमा शनिबार सम्पन्न उक्त प्रतियोगिताको उपाधि आत्माराम सिम्खडाले हात परेका छन् ।

‘स्विङ फर सस्टेनेबिलिटी’ विषयमा गरिएको उक्त प्रतियोगिताले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरूप्रतिको प्रतिबद्धतालाई जोड दिएको थियो ।

प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन (1 ton CO2e Emission) उत्सर्जन हुने र त्यसलाई परिपूर्ति गर्न ४५ वटा रुख वृक्षारोपण गरिनुपर्ने आकलन गरिएको थियो ।​

यद्यपि बैंकले कुल १००० वटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ।

साथै हरेक सहभागीहरूलाई हरित तथा दिगो भविष्यको लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप १/१ बिरुवा पनि प्रदान गरिएको थियो।

एक दिने सो कार्यक्रममा १०७ गल्फरहरूको सहभागिता रहेको थियो ।

जसमा ८ महिला प्रतियोगी थिए । सहभागीहरूले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट लिडर, गल्फ उत्साही तथा दिगोपनका अधिवक्ताहरूको उपस्थिति रहेको थियो ।​

प्रतियोगिताको हाइलाइट

​•    विजेता : आत्माराम सिम्खडा (४३ अंक)
•    उपविजेता : आशिषलाल श्रेष्ठ (४२ अंक)
•    उत्कृष्ट ग्रस : टाशीछिरिङ (३८ अंक)
•    वरिष्ठ श्रेणी विजेता : तुलसी भट्ट (४० अंक)
•    महिला विजेता : तारा कार्की (चित्रकार) (३५ अंक)
•    महिला उपविजेता : सुमित्रा खड्का (३० अंक)
•    सबैभन्दा लामो ड्राइभ : नोर्बुछिरिङ शेर्पा
•    पिनको नजिक : अनिलकुमार सिन्हा

​विजेताहरूलाई लक्ष्मी सन्‌राइजका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गरेका थिए ।

साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सहृदय घिमिरे र क्लबका क्याप्टेन जोसेफ नाथनले सम्मान गर्दै सो प्रतियोगिताको दिगोपनप्रतिको प्रतिबद्धतालाई थप जोड दिएका थिए ।

यस वर्षको प्रतियोगिताले लक्ष्मी सनराइजको कर्पोरेट पहलहरूमा दिगोपनलाई एकीकृत गर्न नवीन दृष्टिकोणको उदाहरण दिन्छ।

कार्बन फुटप्रिन्ट न्यूनीकरण र पर्यावरण-मैत्री अभ्यासहरूलाई प्रोत्साहित गर्दै बैंकले आफ्नो गतिविधिहरूलाई #OrangeLovesGreen अभियानसँग एकीकृत गरिरहेको छ र हरित बैंकिङमा आफूलाई अग्रणी रूपमा स्थापित गर्दै आएको छ ।

लक्ष्मी सन्‌राइज बैंकले विभिन्न खेलकुद, सामुदायिक संलग्नता तथा दिगोपनका पहलहरूले गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्