![अनावश्यक पोल र तार हटाएपछि चिटिक्क बन्यो न्युरोड [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/News_road_1_6kIGK3ZjJs.jpg)
न्युरोड पहिलेभन्दा अहिले सफा देखिन्छ । काठमाडौं महानगरपालिकाले अनावश्यक पोल र तार हटाएपछि अहिले न्युरोड सफा देखिएको हो ।

नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युत् वितरण प्रणालीमार्फत् विद्युत् आपूर्ति थालेपछि महानगरले अनावश्यक पोल र तार हटाएपछि काठमाडौं महानगरपालिका-२४ को शुक्रपथ अहिले तार र बिजुलीको पोलरहित भएको छ ।

फुटपाथ विस्तारको कार्य पहिले नै सकिए पनि बीच भागमा रहेका बिजुलीको पोलका कारण सर्वसाधारणलाई हिँड्न समस्या भैरहेको थियो ।






