०४ साउन २०८३, सोमबार

बाढीले बिगारेको बागमती करिडोर [तस्वीरहरू]

मंसिर ८, २०८१
काठमाडौं
बाढीले बिगारेको बागमती करिडोर [तस्वीरहरू]

गत असोज दोश्रो साता परेको अविरल वर्षाका कारण मुलुकमा अर्बौंको क्षति भएको थियो । बाढीपहिरोले काठमाडौं उपत्यकासहित काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बाढी प्रभावित भएका छन् ।

null

बाढीपहिरोले अवरुद्ध भएका ३७ वटा राजमार्गमध्ये ९ वटा मात्रै सञ्चालनमा आएका छन्। २८ वटा राजमार्ग अझै अवरुद्ध छन् । 

सञ्चालनमा रहेका १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। यस्तै, निर्माणाधीन १८ वटा आयोजना पनि बाढी पहिरोको चपेटामा परेका छन्।

null

५ वटा प्रमुख प्रसारण टावरमा क्षति पुगेको सरकारले जनाएको छ। त्यस्तै दूरसञ्चार कम्पनी लिमिटेडका ३ सय १२ साइटमा पनि क्षति पुगेको छ ।

काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्र र नख्खु खोला कोरिडोरमा रहेका सयौं घरहरूमा क्षति पुगेका छन् ।  त्यस्तैगरी ललितपुरको टिकाभैरव क्षेत्र, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुली जिल्लामा पनि बाढीले उस्तै क्षति पुर्‍याएको छ ।

तर, बाढी गएको दुई महिना हुनै लाग्दा पनि पुनर्निर्माण हुन सकेको छैन । 

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्