०६ साउन २०८३, बुधबार

कोशीका पूर्वमन्त्री अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

मंसिर १४, २०८१
काठमाडौं
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट दायर गरेका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालयको सो निर्णय 'गैरकानूनी, बदनियतपूर्ण र स्वेच्छाचारी' भएकाले त्यसलाई उत्प्रेषणको आदेशले बदर गर्न रिटमा माग गरिएको छ ।

प्रहरीद्वारा अनुसन्धानमा प्राप्त प्रमाणहरूलाई पूर्णरूपमा नजरअन्दाज गरिनु संविधानको धारा १३३(२) र (३) विपरीत जिकिर समेत रिटमा गरिएको छ ।

साथै, वरिष्ठ अधिवक्ता त्रिपाठीले अधिकारीलाई तत्काल पक्राउ गरी प्रभावकारी अभियोजन गर्न परमादेशको माग समेत गरेका छन् ।

आफूसँगै अनधिकृत व्यक्तिहरूलाई जापान लैजान प्रयास गरेको आरोप अधिकारीमाथि छ ।

अनधिकृत व्यक्तिहरूलाई लिएर जापान पुगिसकेका अधिकारीलाई त्यहाँको अध्यागमनले फिर्ता पठाएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्