
चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित भएकी छन् ।
शनिबार चितवनको इच्छाकामना–३ चुम्लिङटारमा भएको एक कार्यक्रममा उनी सम्मानित भएकी हु्न् ।
बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई सम्मानपत्र प्रदान गरे । मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाहरूका लागि प्रमिला प्रेरणाको स्रोत बनेको उल्लेख गरे ।
२०४८ कात्तिक ७ गते बेनिघाट–रोराङ गाउँपालिका–६ धादिङमा जन्मिएकी रमिलाले २०६६ सालमा गोरखाको गण्डकी गाउँपालिका–१ मा विवाह गरेकी थिइन् ।
उनी स्नातकोत्तर तह (एमएड) उत्तीर्ण गर्ने चेपाङ समुदायबाट जिल्लाकै पहिलो बनेकी छन् । रमिला २०७६ सालदेखि शिक्षण पेशामा आबद्ध छन् ।