०३ साउन २०८३, आइतबार

झिनो अंकले बढ्यो नेप्से, विकास बैंकहरूको सेयर मूल्यमा भारी गिरावट

पुस ११, २०८१
काठमाडौं
झिनो अंकले बढ्यो नेप्से, विकास बैंकहरूको सेयर मूल्यमा भारी गिरावट

नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ को विन्दुमा बन्द भएको हो । 

यस दिन बजारमा २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयरको खरिद बिक्री हुँदा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार रूपैयाँको कारोबार भएको छ ।

बिहीबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । 

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ । 

कारोबारका आधारमा प्रभु बैंक लिमिटेड ५० करोड ७७ लाख ८३ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रह्यो । 

salt training

कमेन्ट गर्नुहोस्