२७ जेठ २०८३, बुधबार

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

पुस १३, २०८१
काठमाडौं
सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको हो । 

हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा पूर्वन्यायाधीश वस्तीको निधन भएको खबर आफूले पाएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए । 

घिमिरेका अनुसार  पूर्वन्यायाधीश वस्तीको भोलि आइतबार मात्रै अन्त्येष्टि गरिने छ । अमेरिकामा रहेको छोरा फर्केपछि मात्रै अन्त्येष्टि गरिने जानकारी आफूले पाएको उनले बताए । 

उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए । २०७० मा अस्थाथी न्यायाधीशबाटै उनी अवकाश भएका थिए । सर्वोच्च अदालतबाट अवकाश भएपछि उनी ६ वर्ष मानव अधिकार आयोगको सदस्य बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्