
याक्थुङ युवा मञ्च इलामले आयोजना गरेको १५ दिनको च्याब्रुङ नाच (केस्लाङ) प्रशिक्षण समापनको अवसरमा शनिबार सदरमुकामस्थित चोकबजारमा च्याब्रुङ नाच (केस्लाङ) प्रदर्शन गर्दै लिम्बू कलाकार। च्याब्रुङ नाच लिम्बूहरुको मौलिक नाच हो । लिम्बु कला र संस्कृतिको संरक्षण, सम्वर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले मञ्चले १०० जनालाई च्याब्रुङ नाच सिकाएको हो । तस्वीर : रामकुमार लिम्बू/रासस