०३ साउन २०८३, आइतबार
जारी भए अध्यादेश

राष्ट्रपति पौडेलले जारी गरे चार अध्यादेश

पुस २९, २०८१
काठमाडौं
राष्ट्रपति पौडेलले जारी गरे चार अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा अध्यादेश जारी गरेका छन् । 

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ती अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

उनका अनुसार  निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ तथा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पनि राष्ट्रपतिले जारी गरेका छन् । 

null

salt training

कमेन्ट गर्नुहोस्