३० जेठ २०८३, शनिबार
राजावादीको अराजकता

भाटभटेनीमा लुटपाट गर्ने ९ जना पक्राउ– ब्ल्याकलेवल, प्यान्टदेखि लिपिस्टिकसम्म लगेको पाइयो

चैत १७, २०८१
काठमाडौं
भाटभटेनीमा लुटपाट गर्ने ९ जना पक्राउ– ब्ल्याकलेवल, प्यान्टदेखि लिपिस्टिकसम्म लगेको पाइयो

राजावादीहरूको प्रदर्शनका क्रममा गत शुक्रबार कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार र आइतबार गरी ९ जनालाई नियन्त्रणमा लिएको हो । 

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल नामक संगठनका अध्यक्ष दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरू भाटभटेनीमा बलजफ्ती प्रवेश गरेर सामान लुटपाट गरेका थिए । 

अनुसन्धान कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीका अनुसार पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका– ६ ढल्केबर घर भएर कोटेश्वर बस्ने आशिष सिंह, सर्लाहीको बरथहवा घर भएर कोटेश्वरस्थित नरेफाँट बस्ने प्रेमकुमार महतो, नरेफाँट नै बस्ने भारत बिहारका रविरञ्जन कुमार, नुवाकोट बिदुर घर भएर कोटेश्वर बस्ने सुशीला कुमाल, धरान सुनसरी घर भएर कोटेश्वरमै बस्ने एलिसा राई, सिन्धुपाल्चोक चौतारा घर भएर नरेफाँट बस्ने निर्मला कार्की, सिन्धुली तीनपाटन घर भएर नरेफाँट बस्ने चित्रमाया बस्नेत र सोही ठाउँकी सुस्मिता बराल छन् । 

अनुसन्धान कार्यालयले सीसीटीभी मनिटरिङ गरेर उनीहरूको खोजी गरी पक्राउ गरेको हो । एसपी जिसीका अनुसार सिंहले ब्ल्याक लेभल एक बोतल र ज्याक जेनियल नामको ह्विस्की २ बोतल लुटेर लगेका थिए । 

महतोले चार बोतल वीयर, भारतीय नागरिक कुमारले यार्सागुम्बा ब्रान्डको एक बोतल रक्सी, कुमालले ११ थान हाफ प्यान्ट र एक थान ट्राउजर, राईले एक थान ट्रे र एक थान क्यारेट, नरेफाँट स्थायी घर भएकी कार्कीले एक थान क्यारेट, सिन्धुपाल्चोककी कार्कीले फलफूल र सिन्धुली तीनपाटनकी बरालले ६९ वटा लिपिस्टिक, ऐना एक थान र गाजल २१ थान तथा अन्य १२ वटा सामान लुटेका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्