०३ साउन २०८३, आइतबार

१८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा  हुँदैछ कारोबार ?

चैत १९, २०८१
काठमाडौं
१८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा  हुँदैछ कारोबार ?

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । पछिल्लो चार दिनदेखि पहेँलो धातुको मूल्य बढिरहेको छ । 

सोमबार प्रतितोला रु एक लाख ७७ हजार ९०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार ८०० ले बढेर रू एक लाख ७९ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । आजका लागि चाँदीको मूल्य प्रतितोला रु दुई हजार ३५ निर्धारण भएको छ । ​

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार एक सय ४० अमेरिकी डलर कारोबार भइरहेको छ ।

निरन्तर अमेरिकी डलरको मूल्य वृद्धि, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन उकालो लागिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्