![काठमाडौंका सडकमा शिक्षकको सिटी [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Teachers_Protest_18_Be4ZWXaMBN.jpg)
यही चैत २० गतेदेखि शुरू भएको शिक्षकहरूको आन्दोलन आज आइतबार पनि जारी छ । आन्दोलनमा रहेका शिक्षकहरूले विभिन्न तरिकामार्फत् आवाज बुलन्द गरिरहेका छन् ।
यसैक्रममा आइतबार उनीहरूले सिटी बजाएर विरोध प्रदर्शन गरेका हुन् । यति मात्र होइन आन्दोलनरत शिक्षकहरूले आम शैक्षिक हड्ताल समेत घोषणा गरेका छन् ।
उनीहरूले भोलि गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेका हुन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालय बन्द गरी सडक आन्दोलनमा काठमाडौं आउन शिक्षकहरूलाई आह्वान गरेका छन् ।
विगतका सबै सहमति समेटी अग्रगामी विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने मुख्य मागसहित शिक्षकहरू आन्दोलनमा छन् ।




















