२८ असार २०८३, आइतबार
गभर्नर नियुक्तिमा ब्रेक

मापदण्ड संशोधन गरेर ६५ वर्ष माथिकालाई गभर्नर नबनाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

बैशाख २, २०८२
काठमाडौं
मापदण्ड संशोधन गरेर ६५ वर्ष माथिकालाई गभर्नर नबनाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले मापदण्ड संशोधन गरेर नेपाल राष्ट्र बैंकमा ६५ वर्ष माथिकालाई गभर्नर नियुक्त नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मापदण्ड संशोधन गरेर ६५ वर्ष माथिको व्यक्तिलाई गभर्नर नबनाउन आदेश गरेको हो ।

अन्तरिम आदेश सम्बन्धमा निर्णय गर्नका लागि दुवै पक्षलाई वैशाख ७ गते बोलाइएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले लोकान्तरलाई जानकारी दिए । 

गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता गठबन्धनमा गरमागरम भइरहेको बेला सर्वोच्चको आदेशले ६५ वर्ष माथिकालाई गभर्नर बनाउने प्रयासमा ब्रेक लागेको छ ।

नेपाली कांग्रेसको तर्फबाट ६५ वर्ष माथिका दुई जना पात्रको नाम बाहिर आएको थियो । 

गत चैत २४ गते महाप्रसाद अधिकारीले अवकाश पाएपछि सरकारले डा. निलम ढुंगानालाई कामु गभर्नर तोकेको छ ।

गभर्नर छनोटका लागि मन्त्रिपरिषद्ले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेपछि त्यसको बैठक बस्न सकेको छैन ।

समितिमा योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य छन् ।​

सर्वोच्च अदालतका न्यायाधीश र संवैधानिक निकायमा प्रमुखसमेतको उमेरहदसम्बन्धी व्यवस्था भए पनि गभर्नर नियुक्तिमा उमेरहद हटाइनु शङ्कास्पद रहेको भन्दै अधिवक्ताद्वयले सर्वोच्चका रिट दायर गरेका थिए ।

राष्ट्र बैंक र अर्थका क्याडरभन्दा बाहिरका व्यक्तिलाई गभर्नर बनाउन सत्ता साझेदार नपाली कांग्रेसको जोडबल रहेको स्रोतको दाबी छ ।​​

​सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशपछि गभर्नर नियुक्ति प्रक्रिया वैशाख ७ गतेसम्मका लागि लम्बिएको छ ।​

सर्वोच्चले यससम्बन्धी रिटका लागि वैशाख ७ गतेको पेशी तोकेको छ।​

यो पनि पढ्नुहोस् 

salt training

कमेन्ट गर्नुहोस्