२८ असार २०८३, आइतबार

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

बैशाख ८, २०८२
काठमाडौं
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै दिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सोमबार सुनुवाइ हुँदैछ ।

सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका रविलाई गैरकानूनी रूपमा थुनिएको भन्दै आइतबार रविपत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । जसको प्रारम्भिक सुनुवाइका लागि पेसी आज सोमबारका लागि तोकिएको छ । कुन न्यायाधीशको इजलासमा पर्छ भन्ने चाहिँ पेसी बाँडफाँडका लागि गरिने  गोलाप्रथाबाट थाहा हुनेछ । 

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । 

यसअघि रविले आफूलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कैफियत प्रतिवेदन मगाउने आदेश गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्