०३ साउन २०८३, आइतबार

समृद्धितर्फ बढ्ने समाजवादको परिकल्पना गरेर बजेट आउँछ- अर्थमन्त्री पौडेल

जेठ २, २०८२
काठमाडौं
समृद्धितर्फ बढ्ने समाजवादको परिकल्पना गरेर बजेट आउँछ- अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले समाजवादमा पुग्ने लक्षसहित सरकारले नयाँ बजेट ल्याउने बताएका छन् । गरिबी बढ्ने समाजवाद नभइ समृद्धि बढ्ने समाजवादको जग बसाल्नु बजेटको लक्ष्य हुने उनले बताए । 

बजेटका प्राथमिकता र सिद्धान्त माथि (प्रिबजेट)को छलफलका क्रममा उठेका प्रश्नको शुक्रबार प्रतिनिधिसभामा जवाफ दिँदै मन्त्री पौडेलले अर्थतन्त्रले व्यहोरिरहेका समस्या समाधान गर्नेगरी बजेट ल्याउन लागेको बताएका हुन् । 

‘संविधानमा सचेतन ढंगले समाजवाद भन्ने पदावली प्रयोग गरेका थियौं । हामी गरिबी बढ्ने समाजवाद होइन, समृद्धि बढ्ने समाजवादको कुरा गरिरहेका छौं’, पौडेलले भने, ‘सामाजिक उत्पादनमा आमनागरिकको न्यायपूर्ण पहुँच समाजवादको अर्थ यही हो । सरकारमा रहेका दलमात्र होइन अरु पनि सहमत छन् ।’ 

उत्पादनमार्फत् राष्ट्रिय आयमा वृद्धि र त्यसमा नागरिकको पहुँच स्थापना गर्ने लक्ष हासिल गर्ने ढंगले नयाँ बजेट आउने मन्त्री पौडेलले बताए । 

अर्थमन्त्री पौडेलले सांसदहरूले उठाएका विषय समेटेर बजेट ल्याउने उनले बताए । अर्थमन्त्रीले जवाफ दिएसँगै संसद्‌मा ४ दिन चलेको प्रिबजेट छलफल समापन भएको छ । संसद्‌मा आर्थिक वर्ष २०८२/०८३ को बजेट पेस गर्नुअघि संसद्‌मा प्रिबजेट छलफल भएको हो ।

जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता छ । 
 

salt training

कमेन्ट गर्नुहोस्