
सम्पत्ति शुद्धीकरणको मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् ।
गत शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले विशेषबाट फैसला भइसकेकाले उक्त निवेदनमा केही गर्न नपर्ने भन्दै कानूनबमोजिम गर्न आदेश गरेको हो ।
विशेष अदालतको फैसला बदरको माग गर्दै तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाऊँ भनी इच्छाराजले सर्वोच्चमा निवेदन दिएका थिए ।
विशेष अदालतले २०८० फागुन २१ गते १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध ३ अर्ब ३१ करोड बिगोसहित उनको जग्गा र सम्पत्ति जफत हुनुपर्ने माग दाबी गरेको थियो ।