०६ साउन २०८३, बुधबार

संसद्‌मा विपक्षीको चर्को विरोध, यसरी नाराबाजीमा उत्रिए सांसदहरू [तस्वीरहरू]

जेठ १३, २०८२
काठमाडौं
संसद्‌मा विपक्षीको चर्को विरोध, यसरी नाराबाजीमा उत्रिए सांसदहरू [तस्वीरहरू]

भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकले संसद्‌मा बोल्न समय माग गरे पनि विपक्षी दलको अवरोधका कारण बोल्न पाएनन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे बोल्न समय माग गरेका थिए । तर, विपक्षी दलले राजीनामालाई सर्त बनाएर गृहमन्त्रीलाई बोल्न दिएनन् ।

null

सभामुख देवराज घिमिरेले पटक-पटक गृहमन्त्रीले आफ्ना कुरा राख्न खोजेको बताए पनि नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतका दलले अवरोध गरेका हुन् । 

null

विपक्षी सांसदले अवरोध गरेपछि सत्तापक्षका सांसदले गृहमन्त्रीलाई कुरा राख्न दिनुपर्ने बताएका थिए ।

सत्तापक्षका तर्फबाट कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेलाई सभामुखले समय दिए पनि बोल्न लाग्दा विपक्षी दलले नाराबाजी गरेपछि सभामुखले रोकेका थिए । त्यसपछि रास्वपा सांसदले संसदमा नाराबाजी गरेका थिए । 

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्