
नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले प्रतिभाशाली तथा उदाउँदी नेपाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ।
डिशहोमको कर्पोरेट कार्यालय, भैँसेपाटीमा भएको उक्त सम्झौतामा डिशहोम इन्टरनेटका तर्फबाट मुख्य बजार अधिकृत सञ्जयप्रसाद राजभण्डारी र दिव्या रायमाझीले हस्ताक्षर गरेका छन् ।
चलचित्र क्षेत्रको नयाँ पुस्ताबाट उदाउँदै गरेकी रायमाझीको ताजगीपूर्ण छवि, युवा माझको लोकप्रियता र डिजिटल यात्राप्रतिको सरोकारलाई डिशहोम इन्टरनेटले आफ्नो ब्रान्ड दृष्टिकोणसँग आत्मसाथ गरेको हो।
'हामी डिजिटल कनेक्टिभिटीलाई केवल प्रविधिमा सीमित नगरी, यो पुस्ताको प्रेरणासँग पनि जोड्ने प्रयासमा छौं । दिव्या रायमाझी युवाको आवाज, आत्मविश्वास र डिजिटल भविष्यको प्रतीक हुन् । उनीसँगको सहकार्यले हामीलाई नयाँ पुस्तासँग अझ सशक्त रूपमा जोड्न मद्दत पुर्याउनेछ,' कम्पनीले भनेको छ ।
सम्झौतामा हस्ताक्षरपछि दिव्या रायमाझीले भनिन्, 'डिशहोम इन्टरनेट जस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि गौरवको विषय हो । यो सहकार्य केवल एउटा ब्रान्डसँगको सम्बन्ध मात्र होइन, लाखौं नेपालीसँगको डिजिटल यात्राको शुरूआत पनि हो।'
डिशहोम इन्टरनेटले हाल ३ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट सेवा दिइरहेको छ ।
'माई डिशहोम' मोबाइल एपमार्फत ग्राहक सेवालाई थप स्मार्ट र सहज बनाइएको कम्पनीले जनाएको छ ।
यस सहकार्यमार्फत डिशहोम इन्टरनेटले युवा पुस्तासँगको सम्बन्ध अझ सुदृढ गर्ने र डिजिटल कनेक्टिभिटीलाई जनस्तरसम्म पुर्याउने दीर्घकालीन लक्ष्यलाई मजबुत बनाउने उद्देश्य कम्पनीले लिएको छ।