०३ साउन २०८३, आइतबार

ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने

असार ६, २०८२
काठमाडौं
ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने

ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने भएको छ । 

ललितपुर महानगरको सातौं नगरसभामा आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पेस गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले हस्तकलाको संरक्षण र सम्वर्द्धनका लागि कलेज स्थापना गर्ने बताए ।

'सरोकारवाला र सम्बन्धित निकायसँग छलफल गरेर हस्तकलासम्बन्धी औपचारिक शिक्षाका लागि कलेज स्थापना गर्नेछौं,’ उनले भने ।

लोप हुन लागेका सीप र कला संरक्षण  सम्वर्द्धनका लागि सीप हस्तान्तरण र पुस्तान्तरणसम्बन्धी कार्यलाई पनि प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्