०२ साउन २०८३, शनिबार
पतन्जली जग्गा प्रकरण

विशेष अदालतमा यसरी उपस्थित भए माधव नेपाल, ३ न्यायाधीशको इजलासमा बयान चल्दै [फोटोफिचर]

असार ११, २०८२
काठमाडौं
विशेष अदालतमा यसरी उपस्थित भए माधव नेपाल, ३ न्यायाधीशको इजलासमा बयान चल्दै [फोटोफिचर]

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालको बयान विशेष अदालतका तीन जना न्यायाधीशको इजलासमा हुने भएको छ । 

बुधबार बिहान अदालतमा उपस्थित भएका नेपालको बयान न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा हुने तय भएको हो । अहिले नेपालको बयान भैरहेको छ । नेपालको बयान सकिएपछि थुनछेक बहस हुनेछ । 

उनी आजै बिहान ११ बजे अदालतमा उपस्थित भएका थिए । पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बयानका लागि उनी अदालतमा उपस्थित भएका हुन् । 

null

गोविन्द बन्दीलगायत कानून व्यवसायीलाई साथमा लिएर नेपाल बिहान ११ बजे अदालत पुगेका थिए । वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले नेपालको पक्षमा बहस गर्ने तयारी गरेका छन् ।

गत जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

null

नेपाल प्रधानमन्त्री हुँदा हदबन्दी छुटमा जग्गा किनेको र छुट पाएपछि दुई महिनालगत्तै हाउजिङ कम्पनीलाई बेचेपछि अख्तियारले अनुसन्धान गरेको थियो ।

योगगुरु रामदेवको योगपीठले छुटमा पाएको जग्गा काभ्रे बनेपाको साँगामा हाउजिङ कम्पनीलाई बेचिएको हो । नेपालकै निर्णयपछि ५ सय ९३ रोपनी जग्गा खरिद गरेर ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बिक्री गरिएको थियो ।

null
 

salt training

कमेन्ट गर्नुहोस्