
अमेरिकी गुप्तचर एजेन्सी (सीआईए)का निर्देशक जोन रेटक्लिफले अमेरिकी आक्रमणले इरानको आणविक स्थलहरूलाई गम्भीर क्षति पुर्याएको बताएका छन् । यसले इरानको आणविक कार्यक्रमलाई धेरै वर्ष पछाडि धकेलेको उनको भनाइ छ ।
आक्रमणले प्रमुख स्थलहरू नष्ट भएको उनले दाबी गरेको बीबीसीले जनाएको छ । यद्यपि, उनले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट भएको बताएका छैनन् ।
यसअघि अमेरिकी रक्षा मुख्यालय पेन्टागनको प्रारम्भिक गुप्तचर मूल्याङ्कन प्रतिवेदन अनुसार अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमलाई नष्ट नगरेको खुलासा गरेको थियो ।
सीएनएन र न्यूयोर्क टाइम्सजस्ता धेरै प्रमुख अमेरिकी मिडिया संस्थाहरूले पनि रक्षा गुप्तचर एजेन्सीलाई उद्धृत गर्दै यो समाचार प्रकाशित गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उक्त रिपोर्टसँग सम्बन्धित समाचारलाई 'फेक न्युज' भनेका थिए ।