०३ साउन २०८३, आइतबार

एयर इन्डिया दुर्घटना- ब्ल्याक बक्स दिल्ली पुर्‍याइयो

असार १२, २०८२
काठमाडौं
एयर इन्डिया दुर्घटना- ब्ल्याक बक्स दिल्ली पुर्‍याइयो

एयर इन्डिया फ्लाइट एआई १७१ को दुर्घटनास्थलबाट संकलन गरिएको ब्ल्याक बक्सको विवरण विश्लेषण शुरू भएको छ । उक्त विमान २०२५ जुन १२ मा अहमदाबादबाट उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो ।

सरकारका अनुसार, अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रारम्भ गरिएको औपचारिक अनुसन्धानको भागस्वरूप ककपिट भ्वाइस रेकर्डर (सीभीआर) र फ्लाइट डाटा रेकर्डर (एफडीआर) दुवै उपकरण पुनः प्राप्त गरिएका छन् । 

ककपिट भ्वाइस रेकर्डर १३ जुनमा एक घरको छतबाट र फ्लाइट डाटा रेकर्डर १६ जुनमा भग्नावशेषबाट फेला परेको थियो ।

दुवै उपकरणहरू जुन २४ मा भारतीय वायुसेनाको विमानमार्फत पूर्ण सुरक्षा व्यवस्थासहित दिल्ली ल्याइएको सरकारले जानकारी दिएको छ । 

उक्त दुर्घटनामा २७२ जनाको मृत्यु भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्