०३ साउन २०८३, आइतबार
बजेट अभावले अल्झिएको महाकाली कोरिडोर

दार्चुला-टिंकर सडक– १७ वर्षमा २० प्रतिशत काम, ५२ किलोमिटर ट्र्याक खोल्नै बाँकी

साउन ९, २०८२
काठमाडौं
दार्चुला-टिंकर सडक– १७ वर्षमा २० प्रतिशत काम, ५२ किलोमिटर ट्र्याक खोल्नै बाँकी

सुदूरपश्चिमका चार जिल्ला हुँदै चीनको सीमासम्म पुग्ने सडक खण्डको काम डेढ दशक बढी समयसम्म पनि करिब २० प्रतिशत मात्रै छ । कञ्चनपुर हुँदै कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्र नजिकका छाङरुटिंकर गाउँ भएर चीनको सीमासम्म जोडिने दार्चुला–टिंकर सडक निर्माणको काम करिब १७ वर्षमा २० प्रतिशत मात्रै भएको हो । 

महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिंकर)अन्तर्गत पर्ने उक्त सडक हालसम्म सम्पन्न नभएको सरकारको सबैभन्दा पुरानो एउटा आयोजना हो । कुल ४१३ किलोमिटर लम्बाइको यो कोरिडोरको ५२ किलोमिटर ट्र्याक खुल्नै बाँकी छ ।

चालू आर्थिक वर्षमा १.६ किलोमिटर कालोपत्रे गर्ने र २० किलोमिटर ट्र्याक खोल्ने काम भएको महाकाली कोरिडोर सडक योजनाका प्रमुख ई. दीपक सुनारले बताए । आवश्यकताभन्दा निकै कम बजेट विनियोजनले गर्दा कोरिडोरको काम कम भएको उनको भनाइ छ ।

null

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले उक्त आयोजनामा ६ करोड ३१ लाख बजेट विनियोजन गरेको छ । जबकि चालू आर्थिक वर्षमा ४१.५ करोड विनियोजन गरिएको बजेट चैत महिनामै खर्च भएर १० करोड पुन: थप गरिएको थियो । यसका साथै चालू आर्थिक वर्षमा गत आर्थिक वर्षकै दायित्व करिब १८ करोड रहेको छ । 

‘चालू आर्थिक वर्षमा विनियोजन गरिएको साढे ४१ करोड बजेट चैत महिनामै खर्च भइसकेको थियो र १० करोड थपिएको छ । यस वर्षको आधा बजेट गत वर्षकै दायित्व घटाउनमा सकियो । बाँकी रहेको बजेटको पूर्ण खर्च गरिएको छ’, प्रमुख सुनारले लोकान्तरसँग भने, ‘कोरिडोरको विभिन्न खण्डमा १५ वटा ठेक्का लागिसकेका छन् । काम भइरहेकै छ ।’ 

null

करिब १७ वर्षअघि आर्थिक वर्ष २०६५/६६ देखि दार्चुला–टिंकर सडक खण्डको काम शुरू गरिएको थियो । आर्थिक वर्ष २०६६/६७ सालमा उक्त सडकको रेखाङ्कनको काम गरिएको थियो भने आर्थिक वर्ष २०७४/७५ मा दार्चुला–टिंकर सडक खण्डलाई महाकाली कोरिडोर योजनामा समावेश गरिएको थियो ।

null

महाकाली कोरिडोर अन्तर्गतको दार्चुला–टिंकर सडक खण्डको ७९ किलोमिटर २०७७ सालमा मन्त्रिपरिषद्कोले नेपाली सेनालाई दिने निर्णय गरेको थियो । हाल सेनाले उक्त ७९ किलोमिटरको ट्र्याक खोल्ने काम गरिरहेको छ ।

योजना प्रमुख सुनारका अनुसार कोरिडोरमा कूल ३५ वटा पक्की पुलहरू परेका छन् । हालसम्म एउटा पक्की पुल निर्माणको काम मात्रै भएको छ । कोरिडोरको अनुमानित लागत १८ अर्ब १६ करोड रुपैयाँ रहेको छ । जुन आजभन्दा करिब १५ वर्षअघिको अनुमान हो । तर, उक्त आयोजनाको लागत हाल दोब्बरसम्म पुग्ने अनुमान गरिएको छ । 

null

चालू आर्थिक वर्षसम्म आयोजनामा करिब ३ अर्ब ७२ करोड बजेट खर्च भएको योजना कार्यालयले जनाएको छ । महाकाली कोरिडोर ११ किलोमिटर कञ्चनपुर जिल्लामा पर्छ । यसैगरी ५८ किलोमिटर डडेल्धुरा, १४४ किलोमिटर बैतडी र २०० किलोमिटर दार्चुला जिल्लामागरी ४१३ किलोमिटरको सडक निर्माणको काम भइरहेको छ । 

दार्चुला–टिङ्कर सडक खण्डको तुसारपानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर सडक निर्माणको कामसेनाले गरिरहेको छ । दार्चुला जिल्ला सदरमुकाम खलङ्गादेखि टिङ्करसम्म सडक करिब १२६ किलोमिटर रहेको छ । जसमध्ये ७९ किलोमिटर नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ ।

null

सेनाबाहेक योजनाले ३३४ किलोमिटर सडको काम विभिन्न ५ खण्डमा काम गरिरहेको छ । कोरिडोरमा ५२ किलोमिटर ट्र्याक खुल्न बाँकी रहेको छ भने विभिन्न स्थानमा गरी कुल २८२ किलोमिटर ट्र्याक खुलिसकेको योजना प्रमुख सुनारको भनाइ छ । 

महाकाली नदीको अर्कोतर्फ भारतले लिपुलेक–कालापानी सडकलाई दुई लेन बनाइसकेको छ । नेपालबाट नेपालकै माथिल्लो भागमा जान भारतकै सडक प्रयोग गरेर जानुपर्ने बाध्यता छ । 

null

महाकाली कोरिडोर सडक योजनाको बजेट खर्च यस्तो छ: 
कोरिडोरको बजेट खर्च हेर्ने हो भने १५ वर्षअघि ३ करोड बजेटबाट शुरू भएको आयोजनामा चालू आर्थिक वर्षसम्म आइपुग्दा वार्षिक ४०/५० करोड बजेट खर्च भइरहेको छ । आर्थिक वर्ष २०६६/६७ मा ३ करोड ८३ हजार रुपैयाँ बजेट खर्च भएको थियो । 

त्यस्तै, आर्थिक वर्ष २०६७/६८ मा १० करोड ८३ लाख ३२ हजार खर्च हुँदा आर्थिक वर्ष २०६८/६९ मा १६ करोड ७२ लाख २३ हजार खर्च भएको थियो । 

null

त्यसयता हरेक वर्ष बजेट खर्च घट्दै गएको देखिन्छ । जहाँ आर्थिक वर्ष २०६९/७० मा ११ करोड ६८ लाख २५ हजार, आर्थिक वर्ष २०७०/७१ मा ६ करोड ८५ लाख ३ हजार, आर्थिक वर्ष २०७१/७२ मा ५३ लाख ६८ हजार सडक योजनाले खर्च गरेको छ । 

आर्थिक वर्ष २०७२/७३ मा ३ करोड ९ लाख १९ हजार, आव २०७३/७४ मा ८ करोड ३४ लाख ७१ हजार बजेट खर्च भएको देखिन्छ ।

आर्थिक वर्ष २०७४/७५ मा कोरिडोर आयोजनाको खर्च दोब्बर भएको देखिन्छ । यस वर्ष योजनाले २० करोड ५६ लाख ७४ हजार रुपैयाँ खर्च गरेको थियो ।

null

त्यसैगरी आव २०७५/७६ मा २८ करोड ६५ लाख ७६ हजार, आव २०७६/७७ मा १० करोड ६५ लाख ३० हजार, आव २०७७/७८ मा २३ करोड ६९ लाख ८५ हजार, आव २०७८/७९ मा सबैभन्दा बढी ७८ करोड २५ लाख ९८ हजार खर्च भएको थियो । त्यसयता आव २०७९/८० मा ५४ करोड ६५ लाख ९९ हजार र आव २०८०/८१ मा ४४ करोड ६४ लाख ९६ हजार बजेट खर्च भएको थियो । 

बजेट विनियोजन नै कम हुँदै गएकोले काम पनि बढी हुन नसकेको योजना कार्यालयले जनाएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्