०६ साउन २०८३, बुधबार

१२६ जना परीक्षार्थीको परीक्षा रद्द, १ लाख ६७ हजार जना फेल

असार १३, २०८२
काठमाडौं
१२६ जना परीक्षार्थीको परीक्षा रद्द, १ लाख ६७ हजार जना फेल

 माध्यमिक शिक्षा परीक्षा २०८१ को परीक्षाफल शुक्रबार सार्वजनिक गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डको निर्णयानुसार प्रकाशित नतिजामा कुल १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।

चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ ४ लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी भएका थिए। तिनमध्ये ४८ हजार १७७ जनाले ३.६ देखि ४ जिपिए, ८१ हजार ३८५ जनाले ३.२ देखि ३.६ जिपिए, ८९ हजार १२४ जनाले २.८ देखि ३.२ जिपिए र ४८ हजार ४७९ जनाले २.४ देखि २.८ जिपिए प्राप्त गरेका छन्।

यस्तै, ४१२६ जनाले २ देखि २.४ जिपिए, ८ जनाले १.६ देखि २ जिपिए ल्याएका छन् भने १६७ हजार ५९७ जना परीक्षार्थी अवर्गीकृत (फेल) भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले सफल परीक्षार्थीलाई बधाई दिएको छ भने अवर्गीकृत विद्यार्थीलाई आगामी अवसरमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेको छ। परीक्षाको व्यवस्थापनमा संलग्न सबै सरोकारवालाहरूलाई बोर्डले पत्रकार सम्मेलनमार्फत धन्यवादसमेत दिएको छ।

salt training

कमेन्ट गर्नुहोस्