
गैर–आवासीय नेपाली संघ (एनआरएन) क्यानडाका वर्तमान उपाध्यक्ष किरोज श्रेष्ठले आगामी २०२५–२७ कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन् ।
‘गैर–राजनीतिक एनआरएन’को नारासहित आफूले उम्मेदवारी दर्ता गराएका किरोजले बताए ।
उम्मेदवारी गर्दै उनले उपाध्यक्षको रूपमा र यसअघिका अन्य भूमिकामा रहँदा गरिएका महत्वपूर्ण कार्यहरूको सूची सार्वजनिक गरेका छन् ।
२०२३–२५ कार्यकालमा उपाध्यक्षको रूपमा रहेका उनले एनआरएन क्यानडाको इतिहासमा पहिलोपटक संघीय सरकारबाट कार्यक्रमहरूका लागि अनुदान भित्राउन सफल भएको बताए ।
त्यस्तै, दुई वर्षको अवधिमा एनआरएन क्यानडाका विभिन्न कार्यक्रमका लागि करिब ४ लाख ७५ डलर अनुदान ल्याएका थिए। किरोजकै पालामा दर्जनौं स्थानीय नेपाली संघ–संस्थाहरू जस्तै: नेपाली महिला चौतारी, लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लब, वुमन एजुकेशन एण्ड स्किल डेभलपमेन्ट, ब्रदरहुड नेपाली स्पोट्र्स क्लब, ब्रामसागा युनाइटेडलगायत संस्थाहरूले पनि करिब ४ लाख ७५ हजार डलर सरकारी अनुदान प्राप्त गरेका थिए ।
श्रेष्ठ सेन्ट्रल रिजनल कमिटीको संयोजकको रूपमा हुँदा सडबरी र ब्यारीलगायत शहरहरूमा विभिन्न नेपाली राष्ट्रिय दिवसको अवसरमा स्थानीय सिटी भवनमा नेपाली झन्डा फहराउने कार्यक्रम आयोजना गर्नुका साथै सार्निया, कोर्नवाल, विन्डसर, नाएग्रा लगायत दर्जनौं शहरहरूमा निःशुल्क ट्याक्स क्लिनिक सञ्चालन गरेका थिए । लन्डन शहरमा पहिलो पटक नेपालि राजदूतावासको घुम्ती कन्सुलर सेवा पुर्याउने काम पनि उनकै पालामा भएको थियो ।
श्रेष्ठले नेपाली क्रिकेटका लागि पनि आफ्नो कार्यकालमा निकै महत्वपूर्ण योगदान गरेका थिए । क्यानाडा भ्रमणमा भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई फुड बैंक क्यानाडामा फुड डोनेट गर्न समन्वय गरेको उनले बताए ।
क्रिकेट क्यानाडाद्वारा आयोजित अन्तर्राष्ट्रिय खेलहरूमा नेपाली समुदायका अग्रजहरूको लागि निःशुल्क भीआईपी सिटको व्यवस्था गरेका थिए ।
पहिलोपटक क्यानडाव्यापी नेपाली मूलका खेलाडीबीच चेस प्रतियोगिता आयोजना गर्दै नेपाली मूलका क्यानडा चेस च्याम्पियनलाई प्रतिष्ठित क्यानेडियन चेस प्रतियोगितामा सहभागी गराउन सफल भएका थिए ।
श्रेष्ठले एनआरएन आईसीसीबाट एनआरएन एनसीसी क्यानडा (नेपालीज क्यानेडियन क्रिकेट क्लबको इभेन्टसँग सम्बन्धित) मा ४४ हजार ७ सय डलर ल्याउन सफल भएका थिए ।
श्रेष्ठले इन्जिनियरिङ पेशामा क्यानाडामा आएका नयाँ बिधार्थिहरूलाई सहयोग हुने गरी विभिन्न सेमिनार सञ्चालन गरेका थिए ।
श्रेष्ठले क्यानडामा रहेका नेपालीहरूको विभिन्न क्रियाकलापमा आफ्नो सहयोग रहने बताएका छन् ।