३० जेठ २०८३, शनिबार
आयातमा कडाइ गर्न निर्देशन

पपकर्न आयातमा अस्वाभाविक वृद्धि : १० महिनामै तीन अर्ब बढीको भित्रियो, के नेपाल ट्रान्जिट बन्दैछ ?

असार २७, २०८२
काठमाडौं
पपकर्न आयातमा अस्वाभाविक वृद्धि : १० महिनामै तीन अर्ब बढीको भित्रियो, के नेपाल ट्रान्जिट बन्दैछ ?
AI generated photo

गत जेठ अन्तिम साता कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालमा पपकर्न आयातमा कडाइ गर्न निर्देशन दिए । पछिल्लो समय नेपालमा पपकर्न आयातमा अस्वाभाविक वृद्धि भएको भन्दै मन्त्री अधिकारीले कडाइ गर्न निर्देशन दिएका थिए । अस्वाभाविकरूपमा आयातित पपकर्न नेपालबाट तेस्रो मुलुकमा पैठारी भइरहेको मन्त्रालयको ठहर छ ।

गत वर्ष करिब १ अर्बको पपकर्न आयात भएको थियो । तर, चालू आर्थिक वर्षको १० महिनामै ३ अर्ब बढीको पपकर्न आयात भएको कृषि मन्त्रालयले जनाएको छ । 

चालू आर्थिक वर्षको १० महिनामै पपकर्न आयात तीन गुणाले वृद्धि भएको मन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार पपकर्न नेपाल हुँदै तेस्रो मुलुकमा पठाउने काम भएको आशंका छ ।

चालू आर्थिक वर्षमा पपकर्नको अस्वाभाविक वृद्धिलाई रोक्न मन्त्री अधिकारीले कृषि मन्त्रालय मातहतका, निकायहरूलाई निर्देशनसमेत दिइसकेका छन् । क्वारेन्टाइनको कारण देखाएर कृषि मन्त्रालयले पपकर्न आयातमा कडाइ गरेको हो ।

गत आर्थिक वर्ष २०८०/८१ भरी नेपालमा कुल १४ अर्ब ८९ करोड ८० लाख २ हजार रुपैयाँ बराबरको मकै आयात भएको भन्सार विभागको तथ्याङकले देखाउँछ । जसमध्ये करिब १ अर्ब बढीको पपकर्न आयात भएको थियो ।

मानव खाद्य र पशुपक्षीको आहारका रूपमा नेपालमा मकै आयात हुने गरेको छ । जसमध्ये व्यवसायीक प्रयोजनका लागि विशेष प्रकारको मकै (पपकर्न) आयात गरिन्छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबाट स्वीकृति लिएर पपकर्न आयात गर्नुपर्ने हुन्छ ।

विभिन्न शाखाहरूबाट दिइएको पपकर्न आयात अनुमति अहिले केन्द्रबाट मात्रै गराइएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी प्रकाश पौडेलले बताए । यसअघि विभिन्न स्थानहरूबाट क्वारेन्टीनको स्वीकृत दिइएको थियो । अहिले केन्द्रबाट मात्रै गर्ने बनाइएको छ । ‘आयातमा रोक लगाएका छैनौं । अहिले केबल विभिन्न ठाउँबाट दिइने अनुमतिलाई केन्द्रबाट मात्रै दिने गरेका हौं’, उनले भने । 

आयात रोक्न नमिल्ने भएकाले मन्त्रालयले क्वारेन्टाइनको कारण देखाएर आयात नियन्त्रण गर्न खोजेको हो । चालू आर्थिक वर्षको चैत महिनामै १४ अर्ब ६७ करोड ३८ लाख १ हजार रुपैयाँ बराबरका मकै (व्यवसायीक परियोजनका लागि प्रयोग गरिने पपकर्नसहित) आयात भएको छ । यसका साथै जेठ मसान्तसम्म आइपुग्दा कुल १७ अर्ब ४० करोड ५१ लाख ६७ हजार रुपैयाँ बराबरको मकै आयात भइसकेको छ ।

पपकर्नका रूपमा आयात हुने मकैका विभिन्न प्रकारहरू हुन्छन् । जसमध्ये खानाका लागि प्रयोग गरिने फास्ट फुडलाई पपकर्नका रूपमा चिनिन्छ भने खाद्य वस्तुका रूपमा पशुको आहारका लागि पनि यसको प्रयोग गरिन्छ । 

नेपालमा बंगारे मकै, कडा मकै, कोशे मकै, मुरली मकै, पिठो मकै, गुलियो मकै, मैन मकै, बेबी मकैलगायत मकै उत्पादन हुँदै आएको छ । 

सरकारी तथ्याङ्कअनुसार नेपालमा वार्षिक करिब ९ लाखदेखि १० लाख  हेक्टर क्षेत्रफलमा ३० लाख मेट्रिक टन मकै उत्पादन हुँदै आएको छ ।

नेपालको कुल वार्षिक मकै खपतको ३० प्रतिशत मात्रै आन्तरिक उत्पादनले धान्ने गरेको राष्ट्रिय बीउ विज्ञान प्रविधि अनुसन्धान केन्द्रले सार्वजनिक गरेको रिर्पोटले देखाउँछ । बाँकी ७० प्रतिशत मकै भारत, चीनलगायत राष्ट्रबाट आयात हुँदै आएको छ । 

त्यस्तै, नेपालमा कुल मकैमा ५५ प्रतिशत खानामा, २० प्रतिशत कुखराको दानामा, १५ प्रतिशत पशु आहारमा, ५ प्रतिशत औद्योगिक क्षेत्रमा र ५ प्रतिशत अन्य क्षेत्रमा खपत हुने गरेको छ । 

तर, व्यवसायीक परियोजनका लागि प्रयोग हुने मकै भने नेपालमा निकै काम हुने गरेको छ । जसकारण बर्सेनि १ अर्बभन्दा बढीको पपकर्न आयात हुने गरेको छ ।

कुन महिनामा कति मकै आयात भयो ? 

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ७२ करोड ८० लाख ११ हजार रुपैयाँ बराबरको मकै आयात भएको थियो ।

भन्सार विभागको तथ्याङ्कअनुसार भदौमा ४० करोड ४४ लाख १९ हजार, असोजमा १ अर्ब १८ करोड ६ लाख ६९ हजार, कात्तिकमा १ अर्ब ५१ करोड १ लाख ५० हजार र मंसिरमा १ अर्ब ८३ करोड ६३ लाख ५४ हजारको कर्म आयात भएको छ ।

यसैगरी, पुसमा २ अर्ब २३ करोड ६३ लाख ३ हजार, माघमा २ अर्ब ४७ करोड २२ लाख ३८ हजार, २ अर्ब ८२ करोड ५ लाख ७४ हजार, चैतमा १ अर्ब ७८ करोड ५ लाख ६७ हजार र वैशाखमा १ अर्ब २६ करोड १० लाख ९९ हजार रुपैयाँ बराबरको मकै आयात भएको देखिन्छ । जेठमा १ अर्ब ४७ करोड २ लाख ६७ हजार रुपैयाँ बराबरको मकै आयात भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्