२५ जेठ २०८३, सोमबार

जिलीको ईएक्स ५ ईभी नेपाली बजारमा, ​किफायती मूल्य र उन्नत प्रविधिको संयोजन

साउन १९, २०८२
काठमाडौं
जिलीको ईएक्स ५ ईभी नेपाली बजारमा, ​किफायती मूल्य र उन्नत प्रविधिको संयोजन

नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी)का नयाँ मोडलहरू भित्रिने क्रम जारी छ । नयाँनयाँ मोडलहरू भित्रिरहँदा ग्राहकका लागि पनि विकल्पहरू थपिँदै गएका छन् भने ब्रान्डहरूबीचको प्रतिस्पर्धासमेत तीव्र बन्दै गएको छ ।

यसैबीच हालै चीनको पहिलो निजी स्वामित्वको र सबैभन्दा ठूलोमध्येको एक जिली अटो होल्डिङ्ग ग्रुपले उत्पादन गरेको २०२५ जिली ईएक्स सिरिज नेपाल भित्रिएको छ ।​​​

एलआरआर मोटर्सले विशेषगरी नाडा अटो सो २०२५ लाई लक्षित गरी जिलीका २ मोडल जिली ईएक्स प्रो र जिली ईएक्स म्याक्स भित्राएसँगै उत्पादनको छोटो समयभित्रै विश्वव्यापीरूपमा चर्चा बटुल्न सफल गाडीहरूमाथि नेपाली उपभोक्ताको पहुँच सुनिश्चित भएको हो ।​​​

नेपाली बजारमा प्रवेश गर्नुअघि नै नेपाली अटोमोबिल पारखीहरूले यि गाडीहरूबारे खोजीनिती गर्न थालिसकेका छन् ।

नेपाली ईभी बजारमा डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्यको दृष्टिले अन्य मोडलको भन्दा यी मोडलहरूको अति नै बढी प्रतिस्पर्धात्मक लाभ रहेको देखिन्छ ।  यी मोडलहरू स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुर्क्वोइज ग्रिन गरी ५ आकर्षक रङमा उपलब्ध छन् । 

यी दुवै मोडलमा ६०.२ किलोवाट/घण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारिता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ ।

गाडी निर्माता जिली होल्डिङ्ग ग्रुप आफैंले उत्पादन गरेको यो ब्याट्रीले एट (आठ वटा) निडल परीक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणित यस ब्याट्रीको आयू ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्ष) रहेको छ । जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रीको क्षमताभन्दा धेरै अधिक हो ।

साथै आधिकारिक आयातकर्ता एलआरआर मोटर्स्ले जिलीका गाडीहरूको ब्याट्रीमा आठ वर्ष वा २ लाख किमीसम्म वारेन्टीसमेत दिएको जनाएको छ ।

यी दुवै मोडलमा जडान गरिएको १६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटरले ० देखि १०० किमी/घण्टाको गति ६.९ सेकेन्डमै पूरा गर्न सक्ने क्षमता राख्छ ।

यसमा सिएलटिसी परीक्षणअनुसार ५३० किमी र डब्लूएलटीपी मापन अनुसार ४३० किमीसम्मको माइलेज रहेको कम्पनीले जनाएको छ, जुन नेपालको भौगोलिक बनावटका लागि पर्याप्त मानिएको छ ।

नेपाली बजारका लागि EMAX5 प्रो को मूल्य ५८ लाख नेपाली रुपैयाँ तोकिएको छ भने EMAX5 म्याक्सको ६८ लाख रुपैयाँ तोकिएको छ । तथापि, नेपाली उपभोक्ताको अवस्था र रुचिलाई मध्यनजर गर्दै कम्पनीले नाडा अटो शोको क्रममा मूल्यमा केही विशेष लाभ प्रदान गर्ने जनाएको छ । 

आकर्षक मूल्य, लामो रेन्ज, अत्याधुनिक प्रविधि र लक्जरी इन्टेरियरका कारण यी मोडलहरू नेपाली उपभोक्ता माझ लोकप्रिय हुने कम्पनीको विश्वास छ ।

नेपाली बजारमा सो मूल्य रेन्जमा भित्रिएका गाडीहरूमा जिलीका यी दुई मोडलले उपभोक्ताको ध्यान खिच्नेछ । प्रतिस्पर्धी ब्राण्डहरूले कायम गरेको मूल्यको तुलनामा  जिली धेरै सस्तो हुने कम्पनीको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्