०३ साउन २०८३, आइतबार

नेपालको कोरला सीमासम्म पुग्ने पहिलो ईभी स्कुटर बन्यो बजाज चेतक

साउन २१, २०८२
काठमाडौं
नेपालको कोरला सीमासम्म पुग्ने पहिलो ईभी स्कुटर बन्यो बजाज चेतक

बजाज चेतक, नेपालमा ईभी क्षेत्रको एक ऐतिहासिक उपलब्धिको रूपमा दर्ज भएको छ ।​ जसले कोरला सीमा (४,६६० मिटर) सम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ । 

उक्त यात्रा एक हाइअल्टिच्युड एन्ड्युरेन्स परीक्षणको हिस्सा थियो । जसले यो स्कुटरको चरम परिस्थितिमा समेत प्रदर्शन गर्न सक्ने क्षमताको प्रमाण दिएको छ। चेतक ईभीको यो साहसी प्रयासले नेपालमा ईभीको भविष्यमा नयाँ सम्भावनाहरूको ढोका खोलेको छ।

नेपालका सबैभन्दा उच्च मोटर चलाउन सकिने स्थानहरूमध्ये एक कोरला सीमासम्मको सफल यात्रा मार्फत, बजाज चेतक ईभीले आफ्नो ‘लाइफप्रूफ’ इन्जिनियरिङ सोचलाई प्रभावशाली तरिकाले प्रमाणित गरेको हो । 

null

उचाइमा चढाइ, कम तापक्रम र अनियमित भौगोलिक स्थितिहरू पार गर्दै, यो विद्युतीय स्कुटरले शहरी सिमाना पारि पनि अत्याधुनिक प्रदर्शन गर्न सक्ने क्षमताको परिचय गराएको छ । हाइअल्टिच्युड एन्ड्युरेन्स परीक्षणले विभिन्न प्रकारका सडक अवस्थाहरूमा निम्न विशेषताहरूको वास्तविक प्रदर्शनलाई पुष्टि गरेको छ।

यी विशेषताहरूले बजाजको दिगो, भरपर्दो र प्रयोगकर्ता–अनुकूल विद्युतीय मोबिलिटीप्रतिको दूरदर्शिता झल्काएको छ ।

उपलब्धिप्रति प्रतिक्रिया दिँदै, गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले भने, 'कोरला सिमाना पुग्नु केवल उचाइको परीक्षण होइन, विश्वसनीयताको प्रमाण पनि हो। चेतक ईभीले यस्तो स्थानमा पुगेर यो साबित गरेको छ कि जहाँ अहिलेसम्म कुनै विद्युतीय स्कुटर पुगेको थिएन । यसले नेपालको भूगोललाई ध्यानमा राखेर बनाइएका ‘लाइफप्रूफ’ मोबिलिटी समाधानहरूको हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।'

बजाज चेतक ३५०१ शहरका सडक र दुर्गम भूभाग दुवैका लागि निर्मित एक उन्नत विद्युतीय स्कुटर हो ।

null

salt training

कमेन्ट गर्नुहोस्