२३ असार २०८३, मंगलबार
अपरेसन यल्लो मेटल

पोखरामा ‘अपरेसन यल्लो मेटल’-  ४४९ तोला सुन र ५ लाख नगदसहित ११ जना पक्राउ

साउन २४, २०८२
पाेखरा
पोखरामा ‘अपरेसन यल्लो मेटल’-  ४४९ तोला सुन र ५ लाख नगदसहित ११ जना पक्राउ
प्रहरीले बरामद गरेको सुनचाँदी लगायतका गरगहना र नगद ।

पोखराका विभिन्न पाँच वडामा अवैध तरिकाले सुन कारोबार भएको खबर कास्की प्रहरीमा पुग्यो । सोही सूचनाको आधारमा प्रहरीले पोखरा महानगरपालिका- २, ३,४ र ९ मा शुक्रबार छापा हान्यो । 

प्रहरीले ११ जना भारतीयलाई अवैध रूपमा सुन कारोबार गरेको आरोपमा पक्राउ गर्‍यो । उक्त छापामा प्रहरीले ४४९ तोला ४० लाल सुन र ४४४ तोला ७३.९ लाल चाँदी बरामद गर्‍यो । 

६ केजी ४ सय ग्राम सुनसँगै प्रहरीले ५ लाख १४ हजार ६६५ रूपैयाँ पनि बरामद गरेको छ । प्रहरीका अनुसार उक्त सामानसहित ११ जनालाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइँदैछ ।

कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाका अनुसार सूचना आइसकेपछि त्यसलाई भेरिफाइ गरेर प्रहरी अनुसन्धानमा अघि बढेको थियो ।

‘प्रहरीले जहाँ पायो त्यहीँ छापा हान्ने भन्ने हुँदैन । प्राप्त सूचनालाई भेरिभाइ गरेर अघि बढेका हौं’, एसपी ओलियाले थपे, ‘यसमा स्रोत पुष्टि हुने केही देखिएको छैन । यो लिगलाइज हो भने उहाँहरूले आफ्नो विवरण पेस गर्न सक्नुहुन्छ ।’

‘अपरेसन येल्लो मेटल’ नाम दिएको उक्त अनुसन्धानमा प्रहरीले पक्राउ गरेका ११ जनामध्ये एकजना महिला समेत छन् । जोर्तीलिङ्ग सुन चाँदी रिफाइनरीबाट पक्राउ परेकी ती  महिलाबाट २ तोला ५० लाल सुन र ९३ तोला ६१ लाल चाँदी बरामद भएको छ । 

प्रहरीले सुन र चाँदी बरामद गरिसकेपछि आज शनिबार व्यवसायी प्रहरी कार्यालयमा निवेदन दिन आएका थिए । जसमध्ये एक निवेदन थियो- पक्राउ पर्ने महिलाको तर्फबाट । प्रहरीले बरामद गरेको सुन र चाँदी राजश्व छली नरहेको भन्दै पक्राउ परेको व्यक्तिलाई रिहा गर्न महिलाको तर्फबाट परिवार सदस्यले प्रहरी कार्यालयमा निवदेन छोडेका छन् । पक्राउ पर्ने महिलाका श्रीमान् भने फरार छन् ।

पढ्नुहोस् यो पनि- डिपेन्टेन्ड भिसामा क्यानडा जाने लोभमा सनिशाले गुमाइन् ९ तोला सुन र लाखौं नगद

क्यानडा लगिदिन्छु भनी ठगी गरेको सुन जोर्तीलिङ्ग सुन चाँदी रिफाइनरीसँग जोडिन्छ । त्यस मुद्दाका एक प्रतिवादी पक्राउ पर्ने महिलाका श्रीमान् हुन् । ती प्रतिवादी अहिले फरार छन् । सम्पूर्ण बिल भएपनि अनावश्यक रूपमा प्रहरीले पक्राउ गरेको परिवारको भनाइ छ ।

प्रहरीले भने आफूले छापा हानेको ठाउँ अवैध रूपमा सुन कारोबार हुने स्थान रहेको दाबी गर्छ ।

‘हामीले जहाँ छापा हान्यौं, त्यो ठाउँमा अवैध रूपमा सुनचाँदी कारोबार भइरहेको सूचनालाई पुष्टि गएर गएका हौं । यहाँ दुई तोला सुनको मात्र कुरा होइन । हामी पुग्दा सुन नभएको अवस्था हुनसक्छ वा भएको होला’, एसपी ओलियाले भने ।

दुई तोला मात्र सुन छ भनेर उन्मुक्ति पाउने ठाउँ नरहेको उनी बताउँछन् । यद्यपि, आफ्नो प्रमाण पेस गर्नका लागि व्यवसायी स्वतन्त्र रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्