०३ साउन २०८३, आइतबार

सिरियामा फर्किनेको संख्यामा वृद्धि, तर भविष्य अझै अनिश्चित

साउन ३०, २०८२
काठमाडौं
सिरियामा फर्किनेको संख्यामा वृद्धि, तर भविष्य अझै अनिश्चित

सन् २०२४ डिसेम्बर ८ यतादेखि २३ लाखभन्दा बढी सिरियालीहरू आफ्नै देश फर्किएका छन् । तथापि, उनीहरू अहिले पनि आवास, रोजगार र आधारभूत सेवा सुविधामा केही चुनौतीहरू सामना गरिरहेका संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायका एक प्रतिनिधिले बिहीबार जानकारी दिए । 

संयुक्त राष्ट्रसंघका शरणार्थी उच्चायुक्तको सिरिया कार्यालयकी प्रवक्ता सेलीन श्मिटका अनुसार फर्किनेहरूमा टर्कीए, लेबनान, जोर्डन, इजिप्ट र इराकबाट फर्किएका सात लाख पचास हजारभन्दा बढी शरणार्थी र देशभित्र विस्थापित १६ लाखभन्दा बढी नागरिकहरू समावेश छन् ।

श्मिटले बताए, “फर्किनेहरूको मुख्य प्रेरणा सुरक्षित वातावरणमा सुधार हुनु र परिवारसँग पुनर्मिलन गर्ने चाहना हुनु हो । यद्यपि, धेरैजसोले आफ्नो घर नष्ट वा क्षतिग्रस्त रहेको अवस्था पाएका छन् ।”

उनका अनुसार, सबैभन्दा ठूलो चुनौती बसोबासको अभाव रहेको छ । साथै, फर्किएका व्यक्तिहरूलाई दीर्घकालीन जीविकोपार्जनका लागि रोजगार र स्थायी आम्दानीको आवश्यक परेको छ । 

उनले नागरिकता प्रमाणपत्र नभएकाले धेरै बालबालिकाले विद्यालयमा भर्ना हुन नसकेको समस्या पनि औँल्याए । 

श्मिटले सिरियामाथि लागेका प्रतिबन्धहरू हटाउन र लगानी तथा सहयोग सहज बनाउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरे । 

salt training

कमेन्ट गर्नुहोस्