
दक्षिण अमेरिकाको ड्रेक प्यासेजमा ७.५ म्याग्निच्युडको ठूलो भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले पहिले यसको म्याग्निच्युड ८.० रिपोर्ट गरेको थियो, तर पछि यसलाई घटाएर ७.५ मा झारिएको हो ।
रिपोर्टका अनुसार, भूकम्प अमेरिकाको दक्षिणी भागमा बिहान २:१६ बजे गएको थियो ।
भूकम्प ११ किलोमिटर गहिराइमा गएको थियो । यद्यपि ड्रेक प्यासेज भूकम्पपछि अमेरिकी सुनामी चेतावनी प्रणालीले कुनै चेतावनी जारी गरेको छैन, प्रशान्त सुनामी चेतावनी केन्द्रले चिलीको लागि संक्षिप्त चेतावनी जारी गरेको छ ।
रोयटर्सको रिपोर्ट अनुसार, चिलीमा आधारित नौसेना हाइड्रोग्राफिक र ओशनोग्राफिक सेवाले चिलीको अन्टार्कटिका क्षेत्रको लागि सुनामी चेतावनी जारी गरेको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्प दक्षिणी अर्जेन्टिनाको उशुआइया शहरबाट ७०० किलोमिटर दक्षिणपूर्वमा गएको थियो, जहाँ लगभग ५७ हजार जनसंख्या छ ।
भूकम्पबाट अहिलेसम्म कुनै हताहत वा क्षतिको रिपोर्ट आएको छैन ।