०४ साउन २०८३, सोमबार

युक्रेनमा रुसी आक्रमण : आठ जनाको मृत्यु, मृतकमा बालबालिका पनि

भदौ १२, २०८२
काठमाडौं
युक्रेनमा रुसी आक्रमण : आठ जनाको मृत्यु, मृतकमा बालबालिका पनि

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार राति किभमा भएको रुसी आक्रमणमा एक बच्चासहित आठ जनाको मृत्यु भएको बताएका छन् । जेलेन्स्कीले एक विज्ञप्ति जारी गर्दै रुसले 'वार्ताको टेबलको सट्टा ब्यालिस्टिक मिसाइल रोजेको' बताएका छन् ।

साथै, उनले रुसमाथि 'नयाँ र कडा प्रतिबन्ध' लगाउने कुरा दोहोर्‍याएका छन् ।

ठूलो मात्रामा ड्रोन र मिसाइल आक्रमणमा कम्तिमा ३८ जना घाइते भएका छन् ।

यस्तै, गृहमन्त्री इहोर क्लाइमेन्कोले मृत्यु हुनेमा दुई बालबालिका पनि रहेको बताएका छन् । 

मिसाइल आक्रमण त्यस्तो समयमा भएको हो जब बुधबार रुसी ड्रोन आक्रमणबाट युक्रेनको ऊर्जा पूर्वाधार क्षतिग्रस्त भएको थियो, जसका कारण एक लाखभन्दा बढी युक्रेनी घरहरूमा बिजुली गुमेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्