
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच द्विपक्षीय भेटवार्ता भएको छ । चीनको राजधानी बेइजिङमा आयोजित विजय दिवस परेडपछि उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा पुटिनले उत्तर कोरियाली सेनाले कुर्स्क क्षेत्रलाई मुक्त गर्न रुसलाई मद्दत गरेको बताए । जवाफमा किमले रुसलाई सहयोग गर्नु 'दाजुभाइको रूपमा उत्तर कोरियाको कर्तव्य' भएको बताए ।
किमले उत्तर कोरियाली सैनिकहरूको प्रशंसा गरेकोमा पुटिनलाई धन्यवाद दिए । यी सैनिकहरूले युक्रेन युद्धमा रुसी सेनालाई मद्दत गरिरहेका छन् ।
किमले पुटिनलाई जुन २०२४ को सम्झौतापछि द्विपक्षीय सहयोग बलियो भएको बताए।
गत वर्ष दुई देशले ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका थिए, जसमा सबैभन्दा महत्त्वपूर्ण सम्झौता पारस्परिक सुरक्षा हो ।
उत्तर कोरियाली नेताले बैठकमा रुस र उत्तर कोरियाले विभिन्न क्षेत्रमा सहयोग बलियो बनाउनुपर्ने बताए ।