०४ साउन २०८३, सोमबार

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

भदौ २२, २०८२
काठमाडौं
सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनचाँदीको मूल्यले आइतबार नयाँ कीर्तिमानमा कायम गरेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ, जुन अहिलेसम्मकै उच्च हो  ।

शुक्रबार सुन प्रतितोला २ लाख १० हजार २०० रुपैयाँमा कारोबार भएको थियो  । त्यसको तुलनामा आज प्रतितोला १ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ  ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ  । आइतबार चाँदी प्रतितोला २ हजार ५०० सय रुपैयाँमा पुगेको छ, जुन हालसम्मकै उच्च हो  ।

शुक्रबार चाँदी प्रतितोला दुई हजार ४९० रुपैयाँमा कारोबार भएको थियो  ।

कमेन्ट गर्नुहोस्