०६ साउन २०८३, बुधबार

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

असोज २४, २०८२
काठमाडौं
फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा शुक्रबार बिहान ७.६ म्याग्निच्युडको भूकम्प गएको छ, जसले गर्दा सुनामी आउने चेतावनी दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

फिलिपिन्सको भूकम्प विज्ञान एजेन्सीले धेरैपटक परकम्पहरूको चेतावनी दिएको छ । समाचारअनुसार आधा घण्टाभित्र ५.९ र ५.६ म्याग्निच्युडका धेरै भूकम्पहरू महसुस गरिएको थियो ।

एजेन्सीले विनाशकारी सुनामी सम्भव भएको बताएको छ । सुनामीका छालहरू एक मिटरभन्दा बढी उचाइमा पुग्न सक्छन्।

मध्य र दक्षिणी फिलिपिन्सका तटीय शहरहरूमा रहेका बासिन्दाहरूलाई तुरुन्तै उच्च जमिनमा सर्ने सल्लाह दिइएको छ। हाल कुनै क्षतिको रिपोर्ट गरिएको छैन।

यसअघि, सेप्टेम्बर ३० मा, फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा ६९ जनाको मृत्यु भएको थियो र लगभग १५० जना घाइते भएका थिए।

salt training

कमेन्ट गर्नुहोस्