०९ साउन २०८३, शनिबार
टी-ट्वान्टी विश्वकप छनोट

उत्कृष्ट कमब्याक गर्दै यूएईविरुद्ध नेपालको रोमाञ्चक जीत

असोज २६, २०८२
काठमाडौं
उत्कृष्ट कमब्याक गर्दै यूएईविरुद्ध नेपालको रोमाञ्चक जीत

टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले उत्कृष्ट कमब्याक गर्दै जीत हात पारेको छ । 

ओमान क्रिकेट एकेडेमीको मैदानमा आइतबार साँझ सम्पन्न खेलमा नेपालले यूएईलाई १ रनले पराजित गरेको हो । 

१४१ रनको लक्ष्य पछ्याएको यूएई जीततर्फ अघि बढ्दा नेपालले रोमाञ्चक जीत हात पारेको हो । १० ओभरमा १ विकेट गुमाएर ७५ रनको अवस्थामा रहेको यूएई अन्ततः पराजित बन्यो ।

अन्तिम ओभरमा जीतमा लागि १० रन आवश्यक हुँदा यूएईले ९ रन मात्रै जोड्न सक्यो ।

दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।

यस्तै, सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए ।

यूएईको लागि अलिशान सराफुले ४० बलमा ५८ रन बनाए । दीपेन्द्रले उनलाई आउट गरेपछि नेपालले खेलमा कमब्याक गरेको थियो ।

ध्रुव परासरले १८ बलमा २८ रन बनाए । खेलमा विनिङ सट हान्ने धुनमा उनलाई पनि ऐरीले क्याचआउट गराएपछि नेपाल जीततर्फ अघि बढ्यो ।

अन्तिम बलमा तीन रन चाहिँदा यूएईले १ रनमात्रै जोड्न सक्यो । दुई रन लिने क्रममा रनआउट भएपछि अन्तिम बलमा नेपालले रोमाञ्चक जीत हासिल गरेको हो ।

यूएईमाथिको जीतसँगै नेपालले विश्वकप छनोटमा ४ अंक जोडेको छ । यस अघि समूह चरणमा जापानलाई पराजित गरेपछि नेपाल अंकसहित सुपर सिक्समा पुगेको थियो ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

नेपालका लागि ओपनर आशिफ शेखले ५१ रनको अर्धशतकीय पारी खेले । 

कुशल भुर्तेलले २८, रोहित पौडेलले २०, गुल्सन झाले १४ र कुशल मल्लले १० रन बनाए ।

नेपालले चारवटा छक्का र ९ वटा चौका मात्रै प्रहार गरेको थियो । 

नेपालले भोलि कतारसँग खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्