०९ साउन २०८३, शनिबार
आईसीसी क्रिकेट विश्वकप लिग-२

नेपालले अमेरिकाविरुद्ध टस जित्यो, पहिले फिल्डिङ रोज्यो

कात्तिक ९, २०८२
काठमाडौं
नेपालले अमेरिकाविरुद्ध टस जित्यो, पहिले फिल्डिङ रोज्यो

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको महत्त्वपूर्ण शृंखलामा आइतबार नेपालले बलियो प्रतिद्वन्द्वी अमेरिकाको सामना गर्दैछ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने उक्त खेलमा नेपाली टोलीले पहिले फिल्डिङ गर्ने भएको छ । नेपाली टोलीले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । खेल बिहान ११:१५ बजे शुरू हुनेछ ।

नेपाल र अमेरिकाबीच हालसम्म नौवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये नेपालले चार र अमेरिकाले चार खेलमा जीत हात पारेका छन् । एक खेल भने अनिर्णित रूपमा सकिएको छ ।

घरेलु मैदानमा अमेरिकाले तीन खेल जितेको छ भने नेपालले घरेलु मैदानमा खेलिएको दुई खेलमा अमेरिकालाई हराएको छ । ‘न्यूट्रल भेन्यू’ मा नेपालले दुई र अमेरिकाले एक खेल जितेका छन् । यूएईमा भने यी दुवै टोली पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।

शृंखलामा नेपाल र अमेरिकासँगै आयोजक यूएई पनि सहभागी छ । लिग–२ को जारी सिजनमा खेल्न लागिएको यो १५ औं शृंखला हो । नेपालले खेल्न लागेको भने यो पाँचौं शृंखला हो ।

लिग–२० शृंखलाको खेल ५० ओभरको हुन्छ । लिग–२ प्रतियोगितामा सहभागी आठवटै राष्ट्रले ३६–३६ खेल खेल्नेछन् । प्रत्येक टोलीले घरेलु मैदानमा तीन र विपक्षीको मैदानमा ६ वटा शृंखला खेल्नेछन् ।

लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै आगामी एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् ।

अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ । जारी सिजनका लिग–२ तालिकामा नेपाली टोलीको अवस्था खासै सन्तोषजनक छैन ।

यद्यपि, नेपाल र यूएईले अन्य टोलीको तुलनामा कम खेल खेलेका छन् । अमेरिका २० खेलबाट २८ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा छ । अमेरिकाले १४ जित र ६ हारको नतिजा निकालेको छ ।

यसैगरी, १६ खेलबाट १२ अंक जोडेको नेपाल तालिकाको सातौं स्थानमा छ । नेपालले पाँच जित र नौ हारको नतिजा निकालेको छ । नेपालको दुई खेल अनिर्णित रूपमा सकिएको छ ।

यूएई भने १६ खेलबाट केवल ६ अंक जोड्दै तालिकाको आठौं स्थानमा छ । यूएईले हालसम्म तीन खेलमा मात्र सफलता हात पार्न सकेको छ । १३ खेलमा भने यूएई पराजित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्