०३ साउन २०८३, आइतबार

क्रिकेट विश्वकप लिग–२ : भीम सार्कीलाई पछ्याउँदै आसिफ शेख पनि फर्किए पेभेलियन

कात्तिक ९, २०८२
काठमाडौं
क्रिकेट विश्वकप लिग–२ : भीम सार्कीलाई पछ्याउँदै आसिफ शेख पनि फर्किए पेभेलियन

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको आफ्नो पहिलो खेलमा आइतबार अमेरिकाले दिएको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको हो । विकेटकिपर ब्याट्सम्यान असिफ शेख ३७ रन बनाउँदै पेभेलियन फर्किए । उनले ३९ बलमा एक छक्का र चार चौका हिर्काए । उनलाई हरमित सिंहले साइतेजा मुक्कमलाद्वारा क्याच गराए ।

१६औँ ओभरको दोस्रो बलमा उनी आउट हुँदा नेपालले ६९ रन बनाएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ६२ रन बनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्