०८ साउन २०८३, शुक्रबार
आईसीसी क्रिकेट विश्वकप लिग–२

यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

कात्तिक १९, २०८२
काठमाडौं
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको बुधबारको खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

यूएईले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपाली समय अनुसार, बिहान ११:१५ बजे शुरू हुनेछ ।

जारी शृंखलाको यो अन्तिम खेल हो । नेपाल र यूएई दुवैले आफ्नो चौथो खेल खेल्न लागेका हुन् । यो शृंखलामा अमेरिकाले आफ्नो चारवटै खेल जितेको छ ।

आयोजक यूएईले पनि एक खेल जितेको छ भने नेपाली टोली यसअघि खेलिएको तीनवटै खेलमा पराजित भएको छ । त्यसैले बुधबारको खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्