३२ असार २०८३, बिहीबार

रोनाल्डो भन्छन्, एक–दुई वर्षभित्रै सक्रिय खेलजीवनबाट सन्न्यास लिन्छु

कात्तिक २६, २०८२
काठमाडौं
रोनाल्डो भन्छन्, एक–दुई वर्षभित्रै सक्रिय खेलजीवनबाट सन्न्यास लिन्छु

समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोले आगामी फिफा विश्वकप आफ्नो लागि अन्तिम हुने घोषणा गरेका छन् ।

फिफा विश्वकपको २३औँ संस्करण सन् २०२६ को जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा आयोजना हुँदैछ ।

‘मेरा लागि सन् २०२६ को विश्वकप अन्तिम हुनेछ । त्यसपछिको विश्वकपमा म उपस्थित हुने छैन,’ ४० वर्षीय पोर्चुगिज स्ट्राइकर रोनाल्डोले भनेका छन् ।

रोनाल्डो आफ्नो राष्ट्र र क्लबहरुका लागि नौ सय ५३ गोल गर्ने खेलाडी हुन् । उनले आगामी एक–दुई वर्षभित्र सक्रिय खेलजीवनबाट सन्न्यास लिने पनि बताएका छन् ।

तर, उनले सन्न्यासको निश्चित समय भने किटान गरेका छैनन् । यद्दपि, आगामी फिफा विश्वकपमा पोर्चुगल अझै छनोट भइसकेको छैन ।

रोनाल्डोले हालसम्म पाँचवटा विश्वकप खेलिसकेका छन् । आगामी विश्वकप उनको छैटौँ हुनेछ । उनी हाल साउदी अरेबियन क्लब अल–नासरबाट व्यवसायीक फुटबल खेल्छन् ।

रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । अन्तर्राष्ट्रिय फुटबलमा उनले हालसम्म एक सय ४३ गोल गरेका छन् ।

सक्रिय खेलजीवनमा भने उनी एक हजार गोलको दूर्लभ कोशेढुङ्गा पूरा गर्ने अभियानमा छन् । रोनाल्डोले विश्वका चर्चित क्लबहरुबाट ब्यवसायीक फुटबल खेलेका छन् ।

उनले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन सिरिए क्लब युभेन्ट्सबाट ब्यवसायीक फुटबल खेल्दै अब्बल प्रदर्शन गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्