०३ साउन २०८३, आइतबार
बहुप्रतिक्षीत एनपीएलको दोस्रो संस्करण

एनपीएलको उद्घाटनमा साविक विजेता जनकपुरलाई नयाँ प्रशिक्षकको साथले उत्साही काठमान्डु गोर्खाजको चुनौती

मंसिर १, २०८२
काठमाडौं
एनपीएलको उद्घाटनमा साविक विजेता जनकपुरलाई नयाँ प्रशिक्षकको साथले उत्साही काठमान्डु गोर्खाजको चुनौती
तस्वीर : रासस ।

असंख्य क्रिकेटप्रेमीले अधैर्यतापूर्वक प्रतिक्षा गरिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आज सोमबारदेखि काठमाडौंमा शुरू हुँदैछ ।

पहिलो संस्करणझैं एनपीएलको दोस्रो संस्करणका खेल पनि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइने छ ।

प्रतियोगिताको उद्घाटन खेल सोमबार साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच खेलिने छ । उद्घाटन खेल दिउँसो ४ बजे शुरू हुनेछ ।

अघिल्लो संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।

यसपटक दर्शकका लागि केही सुखद् पक्ष पनि छन् । अघिल्लो संस्करण खुलाचौरमा बसेर एनपीएल हेरेका समर्थकले दोस्रो संस्करणको मजा भने प्यारापिटमै बसेर लिन पाउने छन् ।

यसका अतिरिक्त, त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट (राति खेल खेलाउन कृत्रिम प्रकाश) पनि जडान गरिएको छ । सम्भवत: दोस्रो संस्करणका केही खेल फ्लड लाइटमा खेलाइने छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो संस्करणको खेल तालिका पनि सार्वजनिक गरिसकेको छ । खेल तालिकाले पनि केही खेल फ्लड लाइटमा खेलाइने झल्को दिएको छ ।

प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोली सहभागी छन् ।

सहभागी टोली पनि प्रतियोगिताका लागि तयार देखिएका छन् । अक्सनमार्फत् खेलाडी खरिद गरेका क्लबले विदेशी खेलाडी पनि भित्र्याइसकेका छन् ।

null

यसैगरी, प्रतियोगिताको नियम अनुसार, सहभागी क्लबले ‘ट्यालेन्ट हन्ट’मार्फत् पनि खेलाडी चयन गरिसकेका छन् । समग्रमा दोस्रो संस्करणका लागि सबै क्लब तयार अवस्थामा छन् ।

प्रतियोगिताको पहिलो दिन एक खेलमात्र हुनेछ भने दोस्रो दिन दुई खेल खेलाइने छ । दोस्रो दिनको पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ११:४५ बजे शुरू हुनेछ ।

दोस्रो दिन मंगलबारको दोस्रो खेल भने दिउँसो ४ बजे शुरू हुनेछ । खेल तालिका अनुसार, प्रतियोगिताको फाइनल मंसिर २७ गते शनिबार खेलाइने छ ।

प्रतियोगिताको लिग चरणको खेल मंसिर २१ गतेसम्म चल्नेछ । लिग चरणको अन्तिम खेल कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच खेलाइने छ ।

त्यसपछि, मंसिर २३ गते पहिलो क्वालिफयार खेलाइने छ । मंसिर २४ गते एलिमिनेटर खेल हुनेछ । मंसिर २५ गते दोस्रो क्वालिफायर खेल खेलाइने छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । यसपटक प्रतियोगिताको विजेता टोलीले एक करोड १० लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

यसैगरी, उप–विजेता टोलीले ५१ लाख रूपैयाँ नगद पुरस्कार हात पार्नेछ । तेस्रो स्थान हासिल गर्ने टोलीले २५ लाख र चौथो हुने टोलीले १५ लाख रूपैयाँ पुरस्कार हात पार्नेछन् ।

खेलाडीलाई व्यक्तिगत रूपमा प्रदान गरिने पुरस्कार राशीको बारेमा भने पछि घोषणा गरिने क्यानले जनाएको छ । अघिल्लो संस्करणमा पनि विजेतालाई यति नै पुरस्कार राशी प्रदान गरिएको थियो ।

क्यानले दोस्रो संस्करणमा प्रायोजक, टिकट बिक्री, ओटीटी प्रसारण अधिकार बिक्रीलगायतबाट ३० देखि ४० करोड रूपैयाँसम्म आम्दानी गर्ने विश्वास लिएको छ ।

सहभागी टोलीबाट करिब नौ करोड रूपैयाँ जुटेको छ । ओटीटी प्रसारण अधिकारबाट पनि पाँच करोड ३० लाख रूपैयाँ प्राप्त हुने बताइएको छ ।

null

दोस्रो संस्करणमा क्यानले यसलाई आम्दानीको मुख्य श्रोत मानेको छ । टिकट बिक्रीबाट कम्तीमा आठ करोडदेखि अधिकतम १२ करोड रूपैयाँसम्म उठाउने अनुमान गरिएको क्यानले जनाएको छ ।

यसका अतिरिक्त, मुख्य प्रायोजक र अन्य प्रायोजकबाट १५ करोड ३० लाख रूपैयाँ प्राप्त हुने बताइएको छ ।

दोस्रो संस्करणमा सहभागी टोलीको अवस्था निम्न अनुसार रहेको छ :​

जकपुर बोल्ट्स

अघिल्लो संस्करणको अवस्था : जनकपुर बोल्ट्स प्रतियोगिताको साविक विजेता हो । जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराएको थियो ।

कप्तान र प्रशिक्षक : यसपटक जनकपुर बोल्ट्सका कप्तान अनिल साह हुन् । जनकपुर बोल्ट्सको प्रमुख प्रशिक्षक भने वेस्ट इन्डिजका पूर्वखेलाडी शिवनारिन चन्द्रपौल हुन् ।

नेपाली खेलाडी : जनकपुर बोल्ट्सको टोलीमा विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, आदित्य महता, किशोर महतो, ललित राजवंशी, आसिफ शेख, रुपेश सिंह, तुलबहादुर थापा र मायान यादव रहेका छन् ।

विदेशी खेलाडी : जनकपुर बोल्ट्समा विदेशी खेलाडीका रूपमा अमेरिकाका सञ्जय कृष्णमुर्थी, नामिबियाका जन निकोल लफ्टी–एटन, श्रीलंकाका लाहिरु मिलन्था, दक्षिण अफ्रिकाका वायन पार्नेल, श्रीलंकाका लाहिरु समाराकुन र दक्षिण अफ्रिकाका इमरान ताहिर रहेका छन् ।

null

खेल तालिका : 

० जनकपुर बोल्ट्सविरुद्ध काठमान्डु गोखार्ज : मंसिर १ गते (१६:०० बजे)

० जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्स : मंसिर ८ गते (११:४५ बजे)

० जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्स : मंसिर ११ गते (१६:०० बजे)

० जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्स : मंसिर १३ गते (१५:३० बजे)

० जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोज : मंसिर १६ गते (११:४५ बजे)

० जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्स : मंसिर १९ गते (१६:०० बजे)

० जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स : मंसिर २१ गते (१५:३० बजे)

सुदूरपश्चिम रोयल्स

अघिल्लो संस्करणको अवस्था : सुदूरपश्चिम रोयल्स पहिलो संस्करणको उप–विजेता हो । सुदूरपश्चिम रोयल्सको टोली फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटले पराजित भएको थियो ।

कप्तान र प्रशिक्षक : सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी हुन् । सुदूरपश्चिम रोयल्सको प्रमुख प्रशिक्षक भने जगत टमटा हुन् । जगत नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पनि हुन् ।

नेपाली खेलाडी : सुदूरपश्चिम रोयल्सको टोलीमा विनोद भण्डारी, अविनाष बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, हिक्मत महरा, इशान पाण्डे, टेक रावत, नरेन साउद, आरिफ शेख र दीपेन्द्र थापा रहेका छन् ।

विदेशी खेलाडी : सुदूरपश्चिम रोयल्सको विदेशी खेलाडीमा अस्ट्रेलियाका जोसुआ ब्राउन, न्युजिल्यान्डका स्कट कुगेलेइन, अस्ट्रेलियाका क्रिस लिन र अमेरिकाका हरमित सिंह रहेका छन् । 

null

खेल तालिका :

० सुदूरपश्चिम रोयल्सविरुद्ध काठमान्डु गोर्खाज : मंसिर ३ गते (१६:०० बजे)

० सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्स : मंसिर ५ गते (१६:०० बजे)

० सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स : मंसिर ८ गते (१६:०० बजे)

० सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्स : मंसिर ११ गते (११:४५ बजे)

० सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्स : मंसिर १३ गते (१५:३० बजे)

० सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोज : मंसिर १८ गते (१६:०० बजे)

० सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्स : मंसिर २० गते (११:१५ बजे)

विराटनगर किङ्स

अघिल्लो संस्करणको अवस्था : पहिलो संस्करणको लिग चरणमा विराटनगर किङ्स छैटौं भएको थियो । विराटनगर किङ्सले सातमध्ये दुई खेलमा जीत र पाँच खेलमा हारको नतिजा निकालेको थियो ।

कप्तान र प्रशिक्षक : विराटनगर किङ्सको कप्तान सन्दीप लामिछाने हुन् । विराटनगर किङ्सको प्रमुख प्रशिक्षक भने श्रीलंकाका पूर्वक्रिकेटर पुबुदु दासानायके हुन् । पुबुदु नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पनि हुन् ।

नेपाली खेलाडी : बसिर अहमद, लोकेश बम, सुवाष भण्डारी, नरेन भट्ट, प्रतिश जीसी, नारायण जोशी, श्रवण किस्कु, साहिल पटेल, शंकर राना र सूर्य तामाङ रहेका छन् ।

विदेशी खेलाडी : विराटनगर किङ्सको विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस, स्कटल्यान्डका जर्ज मुन्सी, न्युजिल्यान्डका मार्टिन गप्टिल, अस्ट्रेलियाका साम हिजलेट, दक्षिण अफ्रिकाका मर्चहान्ट डे लाङ्गे र अमेरिकाका शुभम रञ्जन रहेका छन् ।

null

खेल तालिका :

० विराटनगर किङ्सविरुद्ध पोखरा एभेन्जर्स : मंसिर २ गते (१६:०० बजे)

० विराटनगर किङ्सविरुद्ध काठमाडान्डु गोर्खान : मंसिर ६ गते (१५:३० बजे)

० विराटनगर किङ्सविरुद्ध जनकपुर बोल्ट्स : मंसिर ८ गते (११:४५ बजे)

० विराटनगर किङ्सविरुद्ध चितवन राइनोज : मंसिर १० गते (१६:०० बजे)

० विराटनगर किङ्सविरुद्ध कर्णाली याक्स : मंसिर १२ गते (१६:०० बजे)

० विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्स : मंसिर १७ गते (१६:०० बजे)

० विराटनगर किङ्सविरुद्ध सुदूरपश्चिम रोयल्स : मंसिर २० गते (११:१५ बजे)

चितवन राइनोज

अघिल्लो संस्करणको अवस्था : पहिलो संस्करणमा चितवन राइनोज एलिमिनेटर चरणमा कर्णाली याक्ससँग २१ रनले पराजित भएको थियो ।

कप्तान र प्रशिक्षक : चितवन राइनोजको कप्तान कुशल मल्ल हुन् । चितवन राइनोजको प्रमुख प्रशिक्षक भने कलाम अली हुन् । उनी चर्चित नेपाली प्रशिक्षक हुन् ।

नेपाली खेलाडी : चितवन राइनोजमा नेपाली खेलाडीका रूपमा विपिन आचार्य, कमलसिंह ऐरी, दीपक बोहरा, रिजन ढकाल, सौगात ढकाल, गौतम केसी, देव खनाल, रञ्जित कुमार, अमर रौतेला, विपिन रावल र अर्जुन साउद रहेका छन् ।

विदेशी खेलाडी : चितवन राइनोजमा विदेशी खेलाडीका रूपमा इङ्ल्यान्डमा रवी बोपरा, इङ्ल्यान्डकै डेविड मलान, युगान्डाका अल्पेश रामजानी, पाकिस्तानका सोहेल तनविर र इङ्ल्यान्डका सेफ जेब रहेका छन् ।

null

खेल तालिका :

० चितवन राइनोजविरुद्ध कर्णाली याक्स : मंसिर २ गते (११:४५ बजे)

० चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्स : मंसिर ४ गते (१६:०० बजे)

० चितवन राइनोजविरुद्ध विराटनगर किङ्स : मंसिर १० गते (१६:०० बजे)

० चितवन राइनोजविरुद्ध काठमान्डु गोर्खाज : मंसिर १२ गते (११:४५ बजे)

० चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्स : मंसिर १६ गते (११:४५ बजे)

० चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्स : मंसिर १८ गते (१६:०० बजे)

० चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्स : मंसिर २० गते (१५:३० बजे)

कर्णाली याक्स

अघिल्लो संस्करणको अवस्था : पहिलो संस्करणमा कर्णाली याक्सको टोली दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्ससँग दुई विकेटले पराजित भएको थियो ।

कप्तान र प्रशिक्षक : कर्णाली याक्सको कप्तान सोमपाल कामी हुन् । कर्णाली याक्सको प्रमुख प्रशिक्षक भने ज्ञानेन्द्र मल्ल हुन् । उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पनि हुन् ।

नेपाली खेलाडी : कर्णाली याक्समा नेपाली खेलाडीका रूपमा दीपक डुम्रे, अर्जुन घर्ती, गुलसन झा, युवराज खत्री, दीपेन्द्र रावत, पवन सर्राफ, विपिन शर्मा, इमरान शेख, युनिस ठकुरी र नन्दन यादव रहेका छन् ।

विदेशी खेलाडी : कर्णाली याक्सको टोलीमा विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका विल बोसिस्टो, स्कटल्यान्डका मार्क रोबर्ट जेम्स वाट, नेदरल्यान्ड्सका म्याक्स ओ’डड, भारतका जयकिशन कोल्सावाला, भारतकै प्रियांक पन्चाल र अफगानिस्तानका नजिबुल्लाह जदरान रहेका छन् ।

null

खेल तालिका :

० कर्णाली याक्सविरुद्ध चितवन राइनोज : मंसिर २ गते (११:४५ बजे)

० कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्स : मंसिर ६ गते (११:१५ बजे)

० कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्स : मंसिर ८ गते (१६:०० बजे)

० कर्णाली याक्सविरुद्ध विराटनगर किङ्स : मंसिर १२ गते (१६:०० बजे)

० कर्णाली याक्सविरुद्ध काठमान्डु गोर्खाज : मंसिर १४ गते (१५:३० बजे)

० कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्स : मंसिर १६ गते (१६:०० बजे)

० कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्स : मंसिर २१ गते (१५:३० बजे)

काठमान्डु गोर्खाज

अघिल्लो संस्करणको अवस्था : एनपीएलको पहिलो संस्करणमा काठमान्डु गोर्खाजको टोली काठमान्डु गुर्खाजको नामबाट सहभागी भएको थियो ।

काठमान्डु गुर्खाज लिग चरणमा पाँचौं भएको थियो । काठमान्डु गुर्खाजले सातमध्ये चार खेलमा जीत र तीन खेलमा हारको नतिजा निकालेको थियो । 

समान अंक भए पनि काठमान्डु गुर्खाजको टोली नेट रन रेटमा चितवन राइनोज र कर्णाली याक्ससँग पछि पर्दै प्ले–अफ चरणमा पुग्नबाट बञ्चित भएको थियो ।

कप्तान र प्रशिक्षक : काठमान्डु गोर्खाजको कप्तान करण केसी हुन् । काठमान्डु गोर्खाजको प्रमुख प्रशिक्षक भने भारतका मोन्टी देसाई हुन् । मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पनि हुन् ।

नेपाली खेलाडी : काठमान्डु गोर्खाजको टोलीमा नेपाली खेलाडीका रूपमा मोहम्मद आदिल आलम, साहब आलम, दीपेश कँडेल, रासिद खान, उत्तम मगर, नटराजन साह, भीम सार्की, प्रतिक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा र सन्तोष यादव रहेका छन् ।

विदेशी खेलाडी : काठमान्डु गोर्खाजले पहिलो विदेशी खेलाडीका रूपमा रिकार्डो भास्कोन्सेलोसलाई भित्राएको थियो । दक्षिण अफ्रिका जन्मिएका उनी हाल इङ्ल्यान्डमा घरेलु क्रिकेट खेल्छन् । 

अन्य विदेशी खेलाडीमा अमेरिकाका मिलिन्द कुमार, नामिबियाका जेरहार्ड इरास्मस, इङ्ल्यान्डका बेन चार्ल्सवर्थ, इङ्ल्यान्डकै जोहन सिम्पसन र भारतका सन्नी पटेल रहेका छन् ।

null

खेल तालिका :

० काठमान्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्स : मंसिर १ गते (१६:०० बजे)

० काठमान्डु गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स : मंसिर ३ गते (१६:०० बजे)

० काठमान्डु गोर्खाजविरुद्ध विराटनगर किङ्स : मंसिर ६ गते (१५:३० बजे)

० काठमान्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स : मंसिर ९ गते (१६:०० बजे)

० काठमान्डु गोर्खाजविरुद्ध चितवन राइनोज : मंसिर १२ गते (११:४५ बजे)

० काठमान्डु गोर्खाजविरुद्ध कर्णाली याक्स : मंसिर १४ गते (१५:३० बजे)

० काठमान्डु गोर्खाजविरुद्ध पोखरा एभेन्जर्स : मंसिर १८ गते (११:४५ बजे)

लुम्बिनी लायन्स

अघिल्लो संस्करणको अवस्था : एपीएलको पहिलो संस्करणमा लुम्बिनी लायन्सको टोली लिग चरणमा सबैभन्दा तल (आठौं स्थानमा) रहेको थियो । लुम्बिनी लायन्सले सातमध्ये केवल एक खेलमा जीत र ६ खेलमा हारको नतिजा निकालेको थियो ।

कप्तान र प्रशिक्षक : लुम्बिनी लायन्सको कप्तान रोहित कुमार पौडेल हुन् । उनी नेपाली राष्ट्रिय टोलीका कप्तान पनि हुन् । लुम्बिनी लायन्सका प्रमुख प्रशिक्षक भने टिनु योहान्ना हुन् । उनी भारतका पूर्वक्रिकेटर हुन् ।

नेपाली खेलाडी : लुम्बिनी लायन्समा नेपाली खेलाडीका रूपमा दिनेश अधिकारी, तिलक भण्डारी, अभिशेष गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, दिलिप नाथ, विशाल पटेल र समिर अली रहेका छन् ।

विदेशी खेलाडी : लुम्बिनी लायन्समा विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका डार्शी सर्ट, इटालीका थोमस ड्राका, अफगानिस्तानका गुलबदिन नाइब, नामिबियाका रुबेन ट्रम्पलम्यान र नामिबियाकै जोहानेश जोनाथन स्मिथ (जेजे स्मिथ) रहेका छन् ।

null

खेल तालिका :

० लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोज : मंसिर ४ गते (१६:०० बजे)

० लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स : मंसिर ६ गते (११:१५ बजे)

० लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गोर्खाज : मंसिर ९ गते (१६:०० बजे)

० लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्स : मंसिर ११ गते (११:४५ बजे)

० लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्स : मंसिर १३ गते (११:१५ बजे)

० लुम्बिनी लायन्सविरुद्ध विराटनगर किङ्स : मंसिर १७ गते (१६:०० बजे)

० लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स : मंसिर १९ गते (१६:०० बजे)

पोखरा एभेन्जर्स

अघिल्लो संस्करणको अवस्था : एपीएलको पहिलो संस्करणमा पोखरा एभेन्जर्सको टोली लिग चरणमा सातौं स्थानमा रहेको थियो । पोखरा एभेन्जर्सले सातमध्ये केवल दुई खेलमा जीत र पाँच खेलमा हारको नतिजा निकालेको थियो ।

कप्तान र प्रशिक्षक : पोखरा एभेन्जर्सको कप्तान कुशल भुर्तेल हुन् । पोखरा एभेन्जर्सको प्रमुख प्रशिक्षक भने राजिव कुमार हुन् । राजिव कुमार भारतका पूर्वक्रिकेटर हुन् ।

नेपाली खेलाडी : पोखरा एभेन्जर्सको टोलीमा नेपाली खेलाडीका रूपमा आकाश चन्द, सन्दीप क्षेत्री, तृतराज दास, सागर ढकाल, दिनेश खरेल, विपिन खत्री, अर्जुन कुमाल, कृष्ण पौडेल, किरण ठगुन्ना र अभिषेख तिवारी रहेका छन् ।

विदेशी खेलाडी : पोखरा एभेन्जर्सको टोलीमा विदेशी खेलाडीका रूपमा इङ्ल्यान्डका एडम रोसिङ्टन, इङ्ल्यान्डकै डन डाउथवेट, न्युजिल्यान्डका जिम्मी निसम र वेस्ट इन्डिजका रेमन रेफर रहेका छन् ।

null

खेल तालिका :

० पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्स : मंसिर २ गते (१६:०० बजे)

० पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स : मंसिर ५ गते (१६:०० बजे)

० पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्स : मंसिर ११ गते (१६:०० बजे)

० पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स : मंसिर १३ गते (११:१५ बजे)

० पोखरा एभेन्जर्सविरुद्ध कर्णाली याक्स : मंसिर १६ गते (१६:०० बजे)

० पोखरा एभेन्जर्सविरुद्ध काठमान्डु गोर्खाज : मंसिर १८ गते (११:४५ बजे)

० पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोज : मंसिर २० गते (१५:३० बजे)

salt training

कमेन्ट गर्नुहोस्