३१ असार २०८३, बुधबार

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइयो

मंसिर १, २०८२
काठमाडौं
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइयो

बंगलादेशको एक अदालतले विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनको कठोर दमनको आरोपमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

मानवताविरुद्धका विभिन्न अपराधमा दोषी ठहर भएकी हसिनाको अनुपस्थितिमै अदालतले सोमबार फैसला सुनाएको हो। उनी भारतमा निर्वासनमा छिन् ।

गत वर्ष विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनमा मारिएका नागरिकहरूविरुद्ध घातक कारबाहीको आदेश दिएको अभियोगमा सोमबार हसिनालाई दोषी ठहर गरिएको हो ।

लामो समयसम्म चलेको मुद्दा अहिले आएर टुंगिएको हो । यो फैसलाले बंगलादेशमा तनाव थप बढ्ने देखिएको छ ।

आवामी लिगको गढ मानिने गोपालगञ्ज र आसपासका क्षेत्रमा धेरै संख्यामा बंगलादेश सीमा सुरक्षा बल (बीजीजी) को तैनाथी गरिएको छ ।

फैसला आउने तय भयसँगै आइतबारदेखि नै बंगलादेशमा हिंसा हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्