१० साउन २०८३, आइतबार

रोहित शर्मालाई पछि पार्दै पहिलो स्थानमा उक्लिए मिचेल, नेपाली खेलाडी यथास्थानमा

मंसिर ३, २०८२
काठमाडौं
रोहित शर्मालाई पछि पार्दै पहिलो स्थानमा उक्लिए मिचेल, नेपाली खेलाडी यथास्थानमा

​भारतका प्रभावशाली खेलाडी रोहित शर्मालाई पछि पार्दै न्युजिल्यान्डका ड्यारल मिचेल आईसीसी एकदिवसीय ब्याट्सम्यान वरीयताको पहिलो स्थानमा उक्लिएका छन् ।

पछिल्लो आईसीसी वरीयतामा ड्यारेल मिचेल पहिलो र रोहित शर्मा दोस्रो स्थानमा छन् । ड्यारेल मिचेल दुई स्थान माथि उक्लँदै पहिलो वरीयतामा पुगेका हुन् ।

नेपाली ब्याट्सम्यान आसिफ शेख र रोहित पौडेल भने यथास्थानमै छन् । पछिल्लो ब्याट्सम्यान वरीयतामा पनि आसिफ शेख ९३औं र रोहित पौडेल ९४औं स्थानमा आसीन छन् ।

पछिल्लो एकदिवसीय ब्याट्सम्यान वरीयतामा अफगानिस्तानका इब्राहिम जदरान तेस्रो, भारतका शुभमन गिल चौथो र भारतकै विराट कोहली पाँचौं स्थानमा छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय बलिङ वरीयतामा नेपाली खेलाडी सन्दीप लामिछाने एक स्थान तल झरेका छन् । नयाँ बलिङ वरीयतामा सन्दीप ४९औँ स्थानमा छन् ।

ललित राजवंशी भने ५६औं स्थानमा यथावत् छन् । दीपेन्द्रसिंह ऐरी भने तीन स्थान तल झरेर ८२औं वरीयतामा पुगेका छन् ।

नयाँ एकदिवसीय बलिङ वरीयतामा अफगानिस्तानका रासिद खान पहिलो, इङ्ल्यान्डका जोफ्रा आर्चर दोस्रो, दक्षिण अफ्रिकाका केशव महाराज तेस्रो र श्रीलंकाका महिस थिक्सना चौथो स्थानमा छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा पनि नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी ४१औं स्थानमा यथावत् छन् । सन्दीप लामिछाने भने एक स्थान तल झरेर ५७औं वरीयतामा पुगेका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा अफगानिस्तानका अजमतुल्लाह ओमरजाई पहिलो, जिम्बाब्वेका सिकन्दर राजा दोस्रो र अफगानिस्तानका मोहम्मद नाबी तेस्रो स्थानमा यथावत् छन् ।

salt training

कमेन्ट गर्नुहोस्