०५ साउन २०८३, मंगलबार

महराले बुझाए २० लाख नगद धरौटी, आजै रिहा

मंसिर ११, २०८२
काठमाडौं
महराले बुझाए २० लाख नगद धरौटी, आजै रिहा

पूर्वसभामुख कृष्णबहादुर महराले २० लाख रूपैयाँ नगद धरौटी बुझाएका छन् ।

उच्च अदालत पाटनको बिहीबारको आदेश बमोजिम महराको तर्फबाट काठमाडौं जिल्ला अदालतमा २० लाख रूपैयाँ नगद धरौटी बुझाइएको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार महरालाई कारागारबाट अब काठमाडौं जिल्ला अदालतमा ल्याउने तयारी गरिएको छ । त्यहीँबाट उनले तारेख बुझेर रिहा हुनेछन् । 

उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्र प्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले बिहीबार महरालाई २० लाख  धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

यसअघि महरा जिल्लाको आदेश अनुसार कारागार चलान भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्