०४ साउन २०८३, सोमबार

नापी कार्यालय पर्साका सर्वेक्षक र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंसिर २६, २०८२
काठमाडौं
नापी कार्यालय पर्साका सर्वेक्षक र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार छुट जग्गा दर्ताका लागि सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस मागेको भन्दै आयोगमा उजुरी गरेको थियो ।

आयोगको टंगालबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट लिएको १ लाख रुपैयाँसहित ​मंसिर २ गते नियन्त्रणमा लिएको थियो ।​

उनीहरूविरुद्ध १ लाख रुपैयाँ बिगो कायम गरेर आयोगले कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्