२७ जेठ २०८३, बुधबार

अत्यधिक चिसो बढेसँगै बुटवलका विद्यालय १४ गतेसम्म बन्द

पुस ९, २०८२
बुटवल
अत्यधिक चिसो बढेसँगै बुटवलका विद्यालय १४ गतेसम्म बन्द

तराईमा अत्यधिक चिसो बढेसँगै रूपन्देहीको बुटवल उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।​ 

उपमहानगरपालिकाले सूचना जारी गर्दै पुस ११, १३ र १४ गते (तीन दिन) विद्यालय बन्द गर्न भनेको हो । १२ गते शनिबार हो ।

‘केही दिनदेखि बाक्लो हुस्सु र शीतलहरसँगै अत्यधिक चिसो बढेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै तीन दिन विद्यालय बन्द गरिएको ब्यहोरा सम्बन्धित सबैका लागि अनुरोध छ,’ नगर प्रमुख खेलराज पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्