०३ साउन २०८३, आइतबार

एनआईसी एसिया बैंकको सञ्चालक समिति अध्यक्षमा अग्रवाल

पुस १०, २०८२
काठमाडौं
एनआईसी एसिया बैंकको सञ्चालक समिति अध्यक्षमा अग्रवाल

एनआईसी एसिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन् ।

यही पुस ९ गते बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव सँगालेका अग्रवाललाई नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ समेत लिइसकेका छन् ।​​

उनले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्‍याउने छन् ।

उच्च नेतृत्वदायी क्षमता, दूर दृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने उनको कार्यकालमा बैंकले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गर्नुका साथै सफलताको थप उचाई प्राप्त गर्नुका साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्‍याउने दृढ विश्वास लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्