०२ साउन २०८३, शनिबार

इङ्ल्यान्डका बलरसामू निरीह बने अस्ट्रेलियन ब्याट्सम्यान

पुस ११, २०८२
काठमाडौं
इङ्ल्यान्डका बलरसामू निरीह बने अस्ट्रेलियन ब्याट्सम्यान

‘बक्सिङ डे’ टेस्ट क्रिकेटको पहिलो दिन शुक्रबार घरेलु टोली अस्ट्रेलियाका ब्याट्सम्यान भ्रमणकारी टोली इङ्ल्यान्डका बलरसामू निरीह बनेका छन् ।​

मेलबर्नमा जारी चौथो टेस्टमा टस हारी ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया पहिलो पालीमा केवल एक सय ५२ रन बनाउँदै अलआउट भयो ।

अस्ट्रेलियन टोली ४५.२ ओभरमै अलआउट भयो । अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

अस्ट्रेलियाका लागि माइकल नेसरले सर्वाधिक ३५ रन बनाए । उस्मान ख्वाजा २९ रन बनाउँदै पेभेलियन फर्किए । विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले २० रन जोडे ।

क्यामर ग्रिन पनि १७ रनभन्दा अगाडि बढ्न सकेनन् । ओपनर ट्राभिस हेड १२ रनमै आउट भए । अस्ट्रेलियाले आफ्ना अधिकांश ब्याट्सम्यानले बनाएभन्दा बढी रन अतिरिक्त रूपमा पाएको थियो ।

अस्ट्रेलियाले अतिरिक्त रूपमा १३ रन पायो । इङ्ल्यान्डका बलर जोस टङ् एक्लैले पाँच विकेट लिए । उनले ११.२ ओभरमा दुई मेडन राख्दै ४५ रन खर्चिए ।

गस एटकिन्सनले पनि दुई विकेट हात पारे । ब्राइडन कार्स र बेन स्टोक्सले पनि एक–एक विकेट लिए । पाँच टेस्टको एसेस शृंखला भने अस्ट्रेलियाले यसअघि नै जितिसकेको छ । शृंखलामा अस्ट्रेलिया ३–० ले अगाडि छ ।

salt training

कमेन्ट गर्नुहोस्